रघुनाथपुरमा मन्दिर शव फेला परेका व्यक्ति पूजारी होईनः धनुषा प्रहरी

२०८३ श्रावण १५ शुक्रबार
बिहान १०:४२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–१२ नहरचोकस्थित एक मन्दिर परिसरमा मृत अवस्थामा फेला परेका व्यक्तिको घटनालाई धार्मिक विवादसँग नजोड्न जिल्ला प्रहरी कार्यालय धनुषाले आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८३ साउन १५ गते राति करिब ९ बजे मन्दिर परिसरमा करिब ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका थिए । मृतक मन्दिरको पुजारी नभई बाटोमा हिँडडुल गर्ने व्यक्ति रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा कुकुरसहितको अनुसन्धान टोली खटाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा मृतक बाहिर कामकाज गरी मन्दिरमा सुत्ने गरेको व्यक्ति रहेको र घटना विशुद्ध आपराधिक व्यक्तिहरूबाट भएको देखिएको प्रहरीको भनाइ छ ।

प्रहरीले घटनालाई कुनै पनि धार्मिक विवादसँग नजोड्न सर्वसाधारणसँग आग्रह गरेको छ । साथै शान्ति कायम गर्न सहयोग पु¥याउन सम्पूर्ण नागरिकमा अपिल गर्दै अपराधी जो–जुकै भए पनि कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ ।

प्रहरी नायव उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मधुसूदन न्यौपानेद्वारा जारी विज्ञप्तिमा घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०८३ श्रावण १५ शुक्रबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus