न्यूज ब्यूरो, जनकपुरधाम । जिल्लाको सुरक्षा अवस्था र शान्ति सुव्यवस्था कायम राख्ने उद्देश्यले धनुषाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम बिहीबार दिउँसो ३ः३० बजेदेखि अर्को आदेश जारी नभएसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरेका हुन् ।
जारी आदेशअनुसार कर्फ्यू अवधिमा तोकिएका क्षेत्रमा कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा आयोजना गर्न तथा घेराउ गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।
कर्फ्यू लागू गरिएका क्षेत्रहरूमा उत्तरतर्फ लक्ष्मीनिया हाटबजार चोक हुँदै पश्चिम सिनुरजोडा चोक र पूर्वमा लक्ष्मीपुर बगेवासम्म, पूर्वतर्फ बेलौनी रोडस्थित एम।क्यू। स्टीलबाट ५०० मिटर पूर्व पेट्रोल पम्प हुँदै हुलाकी सडक र राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणतर्फ नगराइन नगरपालिका क्षेत्रदेखि नगराइन चोकसम्म तथा पश्चिमतर्फ सिनुरजोडा–सोहनी–मनिमण्डप–नेपाल नर्सरी–इस्कोन जनकपुर–दुधमती पुल हुँदै बेला र कादरी मस्जिदसम्मको क्षेत्र समेटिएको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेशको पूर्ण पालना गर्न सबै नागरिकसँग आग्रह गरेको छ । आदेश उल्लंघन गर्ने व्यक्ति वा समूहलाई प्रचलित कानूनबमोजिम कडा कारबाही गरिने चेतावनी पनि प्रशासनले दिएको छ ।
यसअघि सिरहा र धनुषाका केही क्षेत्रमा उत्पन्न तनावलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत उच्च सतर्कतामा परिचालन गरिएको छ ।
देवानगञ्ज र सिरहा घटनाले देश स्तब्ध, ओलीले दिए शान्ति र सद्भावको सन्देश
- २०८३ श्रावण १४ बिहीबार
पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकादेखि सिरहा लगायत विभिन्न स्थानमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका
पूरा पढ्नुहोस्
