बच्चा अपहरणको आरोपमा जनकपुरका जानी खान पक्राउ, अनुसन्धान तीव्र
बच्चा अपरहणको आरोप लागेको तथा बच्चालाई सकुशल अभिभावकलाई जिम्मा लगाएको धनुषा प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले बच्चा अपहरण प्रकरणमा पक्राउ परेको पुष्टि गरे । जानी खान एमाले पार्टीका कार्यकर्ता समेत रहेका छन् । धनुषा शिवचोकमा जुत्ताचप्पलको पसल सँचालन गर्दै आएका हुन् ।

२०८३ साउन १३ बुधबार, राति ९:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामका व्यवसायी जानी खानलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरका २ बर्षे बालिका अपहरण प्रकरणमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
एक व्यक्तिको बच्चालाई अहपरण गरेको आरोपमा उनलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर अनुसन्धान सुरु गरिएको धनुषा प्रहरीले पुष्टि गरेको हो ।
बच्चा अपरहणको आरोप लागेको तथा बच्चालाई सकुशल अभिभावकलाई जिम्मा लगाएको धनुषा प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले बच्चा अपहरण प्रकरणमा पक्राउ परेको पुष्टि गरे ।
जानी खान एमाले पार्टीका कार्यकर्ता समेत रहेका छन् । धनुषा शिवचोकमा जुत्ताचप्पलको पसल सँचालन गर्दै आएका हुन् ।
अहिले उनीमाथि अनुसन्धान सुरु गरिएकोले दोषी देखिए मुद्दा प्रक्रिया अगाडी बढने जनाइएको छ । सिसिटिभी फुटेजमा बच्चा देखिएको र टेम्पोमा राख्दै गरेको देखिएकोले बच्चालाई सहयोग गरेको वा अपहरण गरेको बारे खुलेको छैन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…