जनकपुरधाम आईपुगे केन्द्रीय गुठीको टोली, जनकपुरका यी ७ पोखरीमा डोजर चल्ने निश्चित

२०८३ श्रावण १३ बुधबार
बिहान १०:०८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामका ऐतिहासिक तथा धार्मिक महत्वका सातवटा पोखरीको अतिक्रमण हटाउने प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । गुठी संस्थानका प्रशासक शैलेशराज कुँवरको नेतृत्वमा आएको उच्चस्तरीय टोली मंगलबार जनकपुरधाम पुगेपछि अभियानले गति लिएको हो ।

गुठी संस्थानले साउन १ गते नै सार्वजनिक सूचना जारी गर्दै अतिक्रमित डिल तथा जग्गा खाली गराउन सम्बन्धित पक्षलाई निर्देशन दिएको थियो । सोही निर्णय कार्यान्वयनका लागि संस्थानको टोली जनकपुर आएको हो ।

जनकपुरधाम पुगेको टोलीले उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साह, प्रमुख प्रशासकीय अधिकृत ज्ञानहरि घिमिरे तथा कार्यपालिका सदस्य राकेशविक्रम साहसँग छलफल गरेको छ । छलफलमा गुठीअन्तर्गतका जग्गा, ऐतिहासिक पोखरी संरक्षण, अतिक्रमण हटाउने कार्ययोजना र कानुनी प्रक्रिया अगाडि बढाउने विषयमा सहमति भएको जनाइएको छ ।

बुधबार बस्ने संयुक्त बैठकपछि पहिलो चरणमा नापजाँच तथा रेखाङ्कन सम्पन्न भएका पोखरी क्षेत्रबाट अतिक्रमण हटाउने अभियान सुरु गरिने तयारी छ ।

पहिलो चरणमा रत्नसागर पोखरी, मुरलीसर, अरगज्जा पोखरी, दीर्घिका सर, दशरथ तलाउ, गोडधोई पोखरीसहित सातवटा ऐतिहासिक पोखरीको अतिक्रमित डिल र जग्गा खाली गराइने गुठी संस्थानले जनाएको छ ।

अभियान प्रभावकारी बनाउन सुरुआतमा गठन गरिएको ९ सदस्यीय टोलीमा मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयका उपसचिव, संस्कृति मन्त्रालयका प्रतिनिधि तथा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई समेत समेटेर १२ सदस्यीय बनाइएको छ ।

वर्षौंदेखि अतिक्रमणको चपेटामा परेका जनकपुरका ऐतिहासिक पोखरी संरक्षणका लागि गुठी संस्थान र जनकपुरधाम उपमहानगरपालिकाले संयुक्त रूपमा अभियान सञ्चालन गर्ने जनाएका छन् । स्थानीय तहले पनि सार्वजनिक सम्पत्तिको संरक्षण र अतिक्रमण नियन्त्रणलाई प्राथमिकतामा राख्दै आवश्यक कानुनी प्रक्रिया अघि बढाउने स्पष्ट पारेको छ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरमा खुल्यो MS Chill & Sips क्याफे, जहाँ सस्तोमा आरामदायीको वाचा

  • २०८३ श्रावण १३ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रामानन्दचोकमा MS Chill & Sips क्याफे सँचालनमा आएको छ । रामानन्दचोकस्थित रहेको सीता प्यालेस होटलको अगाडी क्याफे सँचालनमा आएको हो ।  विभिन्न आईटम, स्वाद चाख्न विभिन्न स्थानमा जानुपर्ने

पूरा पढ्नुहोस्

Bureau Menus