सुनसरीमा दुई समूहबीच विवाद उग्र, गोली चल्दा एक जनाको मृत्यु, ९ जना घाइते, कर्फ्यू लगाइयो !
स्थानीयका अनुसार सोमबारी पूजाको तयारीका क्रममा मन्दिर क्षेत्रमा भजन तथा डिजे बजाइरहेका बेला दुई समुदायबीच विवाद सुरु भएको थियो । त्यसपछि स्थिति तनावग्रस्त बन्दै गएर झडप र गोली प्रहारसम्म पुगेको बताइएको छ । घटनाका क्रममा केही समय विद्युत् आपूर्ति समेत अवरुद्ध भएको स्थानीयको दाबी छ ।

२०८३ साउन ११ सोमबार, बिहान ६:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ३, कप्तानगञ्जमा सोमबार दुई समूहबीच भएको विवाद हिंसात्मक बनेपछि गोली चल्दा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र खडकाका अनुसार पोलमा धार्मिक झण्डा झुण्ड्याउने विषयलाई लिएर दुई समूहबीच विवाद भएको थियो । विवाद चर्किएपछि भएको झडपका क्रममा गोली चलेको र घटनामा एक जनाको मृत्यु भएको तथा ९ जना घाइते भएको उनले जानकारी दिए ।
मृतकको पहिचान ओमप्रकाश मेहताका रूपमा भएको छ । घाइतेहरूको विराटनगरस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार सोमबारी पूजाको तयारीका क्रममा मन्दिर क्षेत्रमा भजन तथा डिजे बजाइरहेका बेला दुई समूहबीच विवाद सुरु भएको थियो । त्यसपछि स्थिति तनावग्रस्त बन्दै गएर झडप र गोली प्रहारसम्म पुगेको बताइएको छ । घटनाका क्रममा केही समय विद्युत् आपूर्ति समेत अवरुद्ध भएको स्थानीयको दाबी छ ।
यद्यपि प्रहरीले कति राउण्ड गोली चलाएको भन्ने विषयमा प्रहरीले आधिकारिक रूपमा प्रहरीले बताउन चाहेनन्। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको डीएसपी खडकाले बताएका छन् ।
घटनापछि देवानगञ्ज क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । थप अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।
प्रहरीले सामाजिक सञ्जालमा पुष्टि नभएका सूचना तथा अफवाह नफैलाउन आग्रह गर्दै घटनाको वास्तविकता अनुसन्धानपछि सार्वजनिक गरिने जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…