महोत्तरीमा साँसद साहको घर घेराउ, साहु–महाजनद्वारा संघर्ष समिति गठन, गृहमन्त्रीको राजीनामा माग
समितिले आगामी दिनमा चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै सरकारमाथि दबाब बढाउने रणनीति अपनाइने जनाएको छ । सरकारले हालसम्म आफ्ना मागप्रति कुनै ठोस पहल नगरेको भन्दै आन्दोलनलाई अझ सशक्त बनाइने समितिको निष्कर्ष रहेको छ।

२०८३ साउन १० आइतबार, बिहान ९:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा साहु–महाजनहरूले संघर्ष समिति गठन गर्दै आफ्ना मागप्रति सरकार गम्भीर नभएको आरोप लगाएका छन् । समितिले गृहमन्त्री सुदन गुरुङको राजीनामासमेत माग गरेको छ ।
पूर्वमन्त्री तथा महोत्तरी निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य दीपक साहको निवासमा घेराउ कार्यक्रम सम्पन्न गरेपछि साहु–महाजनहरूले औपचारिक रूपमा संघर्ष समिति गठन गरेका हुन् ।
नवगठित समितिले सरकारको नीति तथा आफूहरूले उठाएका मागप्रति सम्बन्धित निकायले बेवास्ता गरेको आरोप लगाउँदै तत्काल आवश्यक निर्णय लिन सरकारलाई आग्रह गरेको छ । साथै गृहमन्त्री गुरुङले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुपर्ने मागसमेत समितिले अघि सारेको छ ।
समितिले आफ्ना माग तत्काल सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिएको छ । आगामी चरणमा जिल्ला प्रशासन कार्यालय महोत्तरी घेराउसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने र माग पूरा नभएसम्म आन्दोलन जारी रहने समितिको भनाइ छ ।
बैठकमा महोत्तरी जिल्लाका विभिन्न स्थानीय तहबाट साहु–महाजनहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
समितिले आगामी दिनमा चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै सरकारमाथि दबाब बढाउने रणनीति अपनाइने जनाएको छ । सरकारले हालसम्म आफ्ना मागप्रति कुनै ठोस पहल नगरेको भन्दै आन्दोलनलाई अझ सशक्त बनाइने समितिको निष्कर्ष रहेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…