शम्भु पण्डित, जनकपुरधाम । गत शुक्रबार अर्काकै श्रीमतिसँग घरमै भेटेका धनुषा सबैला नगरपालिका वडा नं. ३ का वडाध्यक्ष ताहिर मियाँ फरार भएको जनाईएको छ ।
शुक्रबार राती स्थानीय एक व्यक्तिका घरमा पसेका आरोप लागेका वडाध्यक्ष ताहिर मियाँ छतबाट कुदेपछि घाईते भएका थिए । अर्काकी श्रीमतिसँग घरमै रँगेहात पक्राउ परेपछि उनी समाजिक कारवाहीबाट बच्न छतबाट हाम फालेका थिए । सो क्रममा उनको खुट्टाको हड्डी भाँचिएको थियो ।
केही दिन अस्पतालमा उपचार गराएका मियाँ अहिले सम्पर्कविहिन भएको जनाईएको छ । ईलाका प्रहरी कार्यालय सबैलामा उजुरी परेको भन्दै उनलाई खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
पर स्त्रीसँग अनैतिक सम्बन्धमा रहेको आरोप लागेका वडाध्यक्ष ताहिर मियाँ अहिले लुकीछिपी अन्यत्र कतै उपचारमा रहेको बुझिएको छ । यस सन्दर्भमा वडाध्यक्षको तर्फबाट कुनै प्रतिक्रिया आएको छैनन भने उनको मोबाईल छतबाट कुदने बेलामा झरेपछि स्थानीयले राखेको बताइन्छ ।
जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी
- २०८३ श्रावण ६ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् । आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२
पूरा पढ्नुहोस्



