न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन आएको छ।
गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन–२०६२ कार्यान्वयन समितिले सार्वजनिक सूचना जारी गर्दै विशहरा पोखरी, दशरथ तालाउ, अर्गजा सर, रत्न सागर पोखरी, मुरली सर, दीर्घिका सर, गोडधोई पोखरीलगायतका जलाशय र तिनका डिल क्षेत्रमा भएका अनधिकृत संरचना हटाउन तथा अतिक्रमण खाली गर्न सम्बन्धित पक्षलाई सात दिनको समय दिएको हो।
रामसागर, धनुषसागर, गंगासागर, पुरन्दर सर, तेलहा–मरहा पोखरी, देवान पोखरी, लक्की पोखरी, पापमोचनी सर, कपालमोचनी सर, महाराजसागर, रामसर, सूर्यकुण्ड, अग्निकुण्ड, विहारकुण्ड, रुक्मिणी सर लगायतका पोखरीहरु समेत गुठी अन्तर्गत रहेको हो ।
समितिका अनुसार विभिन्न व्यक्ति तथा संस्थाले राजगुठीअन्तर्गतका पोखरी तथा तिनका डिल क्षेत्रमा अनधिकृत रूपमा संरचना निर्माण गरी भोगचलन गर्दै आएको पाइएको छ। सार्वजनिक सम्पत्ति तथा गुठीको जग्गा संरक्षण गर्ने उद्देश्यले अतिक्रमण हटाउन सूचना जारी गरिएको समितिले जनाएको छ।
सूचनामा तोकिएको समयभित्र अतिक्रमण हटाइएको नपाइए प्रचलित कानुनबमोजिम हटाउने प्रक्रिया अघि बढाइने तथा आवश्यक कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित निकायहरूले विगतका आयोग तथा कार्यदलका प्रतिवेदन कार्यान्वयनलाई तीव्रता दिएका छन्। सोही अभियानअन्तर्गत जनकपुरधाम क्षेत्रका अतिक्रमित गुठी जग्गा, पोखरी तथा अन्य सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइएको मन्त्रालयले जनाएको छ।
अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?
- २०८३ श्रावण २ शनिबार
न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ । महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु
पूरा पढ्नुहोस्




