मिटर ब्याजीको आरोपमा जनकपुरको कपिलेश्वबाट एउटै परिवारका ३ जना पक्राउ
पक्राउ परेकाहरु माथि अनुचित लेनदेन सम्बन्धि मुद्दा दर्ता भई म्याद थपको तयारी भईरहेको धनुषाका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले बताए । प्रहरीले हरेरामको अफिसमा छापामारीसमेत गरेको थियो, यद्यपी यस सन्दर्भमा खुलाउन नमिल्ने न्यौपानेको भनाई थियो ।

२०८३ असार ३२ बिहीबार, राति ८:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले विहिवार मिटरब्याजीको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ बस्ने हरेराम साह, निजको आमा रेखा कुमारी साह र निजको काका गोपाल साहलाई पक्राउ गरिएको हो ।
हरेरामलाई काठमाण्डौं बाट तथा निजको आमालाई भारत भाग्ने क्रममा जटही चेकपोष्टबाट र निजको काकालाई पिडारी चोकस्थित जानकीवाटिका होटलबाट पक्राउ गरिएको हो । हरेरामका बुवा बलराम साह भने हाल फरार छन् ।
पक्राउ परेकाहरु माथि अनुचित लेनदेन सम्बन्धि मुद्दा दर्ता भई म्याद थपको तयारी भईरहेको धनुषाका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले बताए । प्रहरीले हरेरामको अफिसमा छापामारीसमेत गरेको थियो, यद्यपी यस सन्दर्भमा खुलाउन नमिल्ने न्यौपानेको भनाई थियो ।
विभिन्न कृषि कम्पनीको नाममा सरकारी अनुदान लिने र सोही रकमको दुरुपयोग गरि कडा मिटर ब्याजमा लगाउने गरेको पीडितहरुको आरोप छ । जग्गा रजिष्ट्रेशन पास गरेर चर्को ब्जाजमा ऋण दिने, दैनिक चर्को ब्याजमा पैसाको कारोबार गर्ने यिनीहरुका कारण १ सय भन्दा बढी परिवार पिडित बनेको मिटर ब्याज पीडित संघर्ष समितिको भनाई छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…