न्यूज ब्यूरो, जनकपुरधाम । संघीय संसद्का सांसदहरूले पुनः स्वकीय सचिव राख्न पाउने भएका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यलाई स्वकीय सचिव राख्न दिने निर्णय गरेको हो।
सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मन्त्रिपरिषद्ले सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय गरेको जानकारी दिइन्। उनका अनुसार संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची संशोधन गरी उक्त सुविधा पुनः लागू गर्ने निर्णय गरिएको हो।
यसअघि सांसदहरूले शाखा अधिकृत सरहको सेवा–सुविधासहित स्वकीय सचिव राख्ने व्यवस्था रहेको थियो। तर जेन–जी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले उक्त सुविधा खारेज गरेको थियो।
यता, संघीय संसद् सचिवालयका प्रवक्ता एकरम गिरीले भने मन्त्रिपरिषद्को निर्णय हालसम्म सचिवालयमा प्राप्त नभएको बताए। निर्णय सचिवालयमा प्राप्त भएपछि सांसदहरूले स्वकीय सचिव नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ।
नयाँ बोत्तलमा पुरानै दारुः साँसदहरुले अब आफ्नो पिए (PA) राख्न पाउने, तलब जनताको करबाट दिइने निर्णय
- २०८३ असार ३२ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । संघीय संसद्का सांसदहरूले पुनः स्वकीय सचिव राख्न पाउने भएका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यलाई स्वकीय सचिव राख्न दिने निर्णय गरेको
पूरा पढ्नुहोस्


