बारामा ईटा भट्टाको खाल्डोमा डुबेर ११ बर्षिय रोशनीको मृत्यू
त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको कमाण्डमा खटिएको सोको टोलीले मुचुल्का लगायत आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको बाराका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।

२०८३ असार ३२ बिहीबार, बिहान ८:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बारामा ईटा भट्टाबालाले खनेको खाप्ल्डोमा डुबेर एक बालिकाको मृत्यू भएको छ ।
बाराको करैयामाई गाउँपालिका वडा नं. ३ गालोपाट्टीकी ११ वर्षीया रोशनी चौधरीको माटो खनेर बनाइएको खाल्डोमा डुबेर मृत्यु भएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार साँझ करिब ५ बजे गौतम इट्टा उद्योगले माटो निकाल्न खनेको खाल्डोमा बाख्रा चराउन गएकी शिवनारायण चौधरीको छोरी रोशनी डुबेको अवस्थामा फेला परेकी हुन्।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी गञ्जभवानिपुरबाट प्रहरी वरिष्ठ नायव निरीक्षक प्रविन मिश्रको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेको थियो ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको कमाण्डमा खटिएको सोको टोलीले मुचुल्का लगायत आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको बाराका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…