मारवाडी युवा मञ्चले जनकपुरमा अपांगलाई बाँडे कृत्रिम खुट्टा, २५ लाभान्वित
न्यूज ब्यूरो | जनकपुरधाम, २६ साउन । मारवाडी युवा मञ्चले जनकपुरधाममा २५ जना अपांगलाई कृत्रिम खुट्टा वितरण गरेको छ । मञ्चले धनुषा, महोत्तरी, सिरहा र सर्लाही जिल्लाका विभिन्न स्थानका २५ जना अपांगलाई शुक्रबार एक कार्यक्रमबीच कृत्रिम खुट्टा प्रदान गरेको हो । एउटा अथवा दुईटै खुट्टा नभएर कष्टकर जीवन विताइर

२०७५ साउन २६ शनिबार, बिहान ७:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २६ साउन । मारवाडी युवा मञ्चले जनकपुरधाममा २५ जना अपांगलाई कृत्रिम खुट्टा वितरण गरेको छ । मञ्चले धनुषा, महोत्तरी, सिरहा र सर्लाही जिल्लाका विभिन्न स्थानका २५ जना अपांगलाई शुक्रबार एक कार्यक्रमबीच कृत्रिम खुट्टा प्रदान गरेको हो ।
एउटा अथवा दुईटै खुट्टा नभएर कष्टकर जीवन विताइरहेका अपांगहरुलाई सानो सहयोग स्वरुप कृत्रिम खुट्टा वितरण गरेको आयोजकले जनाएको छ । कृत्रिम खुट्टा अर्थात् हिड्ने सहारा पाएपछि अपांगहरु खुसी भएका छन् ।
कार्यक्रममा समाजिक क्षेत्रमा योगदान पुर्याएका समाजसेवीहरुलाई सम्मान समेत गरिएको छ । मारवाडी सेवा समितिको भातृ संगठन मारवाडी युवा मञ्चले बेलाबेलामा समाजिक कार्यहरु गर्दै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…