न्यूज ब्यूरो, जनकपुरधाम । कुनै बेला साईकल चढेर गिद्धाबेलापट्टि स्कूलमा मास्टरी (शिक्षक) गर्न जाने अहिले हेडमास्टर बनेका पवन मण्डलले सोही विद्यालयको अगाडी कित्ताको कित्ता जग्गा जमिन किनेको प्रमाण फेला परेको छ ।
२०८० सालममा नामसारी भएका जनता मावि गिद्धाबेलापट्टिको लगत्तै अगाडीमा कैयौँ कित्ता जग्गा जमिन नामसारी भएको पाईएको छ । हेडमास्टर बनेपछि उनले सो जग्गा जमिन स्कूलकै अगाडी गिद्धामा किनेका हुन् ।
धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ नाथपट्टि नीजि घर भएका मण्डलले तिनकोरियाचोक (गिद्धा) मा मात्रै ४ कित्ता जग्गा जमिन किनेको हो ।
मालपोतको कागजात प्रमाण हेरौँ

तिनकोरिया चौकस्थित स्कूलको लगत्तै अगाडीमा रहेको जग्गाको कित्ता नं. ७००, ७०४,७०८ र ७८४ नम्बरमा गत २०८० साल फागुन १३ गतेमा रजिष्ट्री भएको पाईएको छ । त्यसमध्ये कित्ता नं. ७८४ भने गत बैशाख १७ गते मात्र रजिष्ट्री भएको देखिएको हो । स्थानीय रामरुप मण्डल केवटबाट स्कूलकै अगाडी २८ घुर जग्गा जमिन किनेको पाईएको छ ।
यो पनि पढ्नुहोस्
कथित नमुना माविमा प्रअ पवन मण्डलको करामतः सरकारबाट लाखौँ लिएको प्रमाण फेला, विद्यार्थीलाई पनि लुटे !

कित्ता नं. ७८४ पवन मण्डलले पहिलेदेखि नै किनेर राखेकोमा गत बैशाखमा मात्र रजिष्ट्री भएको पाईएको हो ।
उनले विद्यालयमा नक्कली विद्यार्थी खडा गरी गरिब, दलित, विपन्न, निमुखाको लागि आएको सरकारी रकममा अनियमितता गरेर जग्गा जमिन किनेको आरोप विद्यालयका पूर्व अध्यक्ष संजीव मण्डलले लगाए । पवन मण्डलसँग सम्पर्क गर्न खोज्दा उनको मोबाईलमा फोन भने लागेनन् ।
सिरहा चोहर्वास्थित खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु, सिँगो गाउँ शोकमग्न
- २०८३ असार ३० मंगलबार
न्यूज ब्यूरो, सिरहा । सिरहामा पशु हाट बजारको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यू भएको छ । सिरहाको गोलबजार नगरपालिका वडा नं. ८ स्थित पुरानो चौक चोहर्वामा रहेको पशु हाटबजार
पूरा पढ्नुहोस्

