सिरहा चोहर्वास्थित खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु, सिँगो गाउँ शोकमग्न

२०८३ असार २८ आइतबार
बेलुकी ७:१४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सिरहामा पशु हाट बजारको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यू भएको छ । 

सिरहाको गोलबजार नगरपालिका वडा नं. ८ स्थित पुरानो चौक चोहर्वामा रहेको पशु हाटबजार परिसरको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको हो। 

मृतकहरू अवास शेखका छोरी अन्दाजी १२ बर्षिय सबनम खातुन र १० वर्षिय रुबिना खातुन तथा छोरा ७ वर्षिय साइफुल शेख रहेका छन्।

रौतहट जिल्लाको जिगरवा स्थायी घर भएका अवास शेख करिब तीन दशकदेखि गोलबजार नगरपालिका–७ मा परिवारसहित बसोबास गर्दै आएका थिए। घर भाडामा लिएर कवाडी संकलन गरी जीविकोपार्जन गर्दै आएका उनका पाँच सन्तानमध्ये तीन जना आइतवार करिब दिउँसो २ः३० बजे घरबाट खेल्न निस्किएका थिए। खेल्ने क्रममा उनीहरू पशु हाटबजार परिसरको खाल्डोमा जमेको पानीमा नुहाउने क्रम्मा डुबेको बताइएको छ।सोही खाल्डो गाइ(गोरु र भैंसी लगायतका पशुहरुका लागि पानी खानका लागि बनाइएको बुझिएको छ ।

घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

फिल्म सेटमा सम्प्रादायिक व्यवहार गरेको आरोप लगाएकी काजोल कर्णलाई निर्देशक आचार्यले दिए यस्तो जवाफ

  • २०८३ असार २८ आइतबार

न्यूज ब्यूरो,  काठमाडौं । निर्देशक दीपक प्रसाद आचार्यले कलाकार काजल कर्णलाई जवाफ दिएका छन् । आचार्य निर्देशक रहेको चलचित्रबाट आफूलाई मधेसी भएकै कारण निकालिएको आरोप लगाएका पछि आचार्यले त्यसको जवाफ दिएका

पूरा पढ्नुहोस्

Bureau Menus