न्यूज ब्यूरो, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार छानबिन गर्न थालेपछि नमुना भनिएका माबि गिद्घा बेलापट्टि धनुषाका प्रधानाध्यापक पवन मण्डल बिभिन्न राजनीतिक दलका नेताहरुलाई बचाउका लागि गुहार्न थालेका छन् ।
प्रधानाध्यापक भए यता बिद्यालय र बिद्यार्थीका लागि आएका बिभिन्न शिर्षकका रकम हिनामिना गरेको समाचार प्रकाशन भएपछि अख्तियार छानबीनका लागि सक्रिय भएको हो । अख्तियारले छानबीनका लागि पटक पटक बोलाउन थालेपछि प्रधानाध्यापक मण्डल धनुषा निर्बाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य राम बिनोद यादव समक्ष हारगुहार लगाएका छन् ।
बिद्यालय र बिद्यार्थीका बिकासका लागि आफु रात दिन एक गरी लागेको र हाल सम्म तलब भत्ता बाहेक कुनै किसिमको गैर कानुनी लाभ नलिएको भन्दै प्रधानाध्यापक मण्डल सांसद् यादवलाई जानकारी गराएको श्रोतले बातए । केहि स्थानीयले आफुलाई बिभिन्न आरोपमा फसाउन लागेकोले म बिरामी मान्छेलाई अनावश्यक दुःख नदिन अख्तियारलाई भनसुन गरिदिन आग्रह गरेका थिए ।
यता भ्रष्टाचारमा शुन्य सहनशिलताका साथ सरकार अगाडि बढेकोले गल्ती गर्ने जो कोहिलाई मेरो तर्फबाट कुनै पनि हालतमा सहयोग नहुने सांसद् यादबले न्युज ब्युरोलाई बताए । मेरो घरमा जोकी पनि आउन सक्छ त्यसको मतलब म बचाउ गर्छु कुनै जरुरी छैन । मेरो घर नआउनुस पनि भन्न सक्दिन । हेड सर मण्डल, लेखापाल ब्रहमदेब यादव र अरु दुईजना आउनुभएको थियो सांसद् यादबले भने ।
न्यूज ब्यूरोसँगको कुराकानीमा साँसद यादवले गिद्धाबेलापट्टि स्कूलमा भएको अनियमितताको बारेमा समाचारहरु देखेको बताउँदै भ्रष्टाचार विरुद्ध शून्य सहनशिलता अपनाएको बताए । विद्यालयमा भएको भ्रष्टाचारको प्रमाणहरु आफूलाई उपलब्ध गराउन भन्दै साँसद यादवले निकायसम्म आफू लगिने, सरकारको जुन निकायसम्म जानुपर्ने आफू जाने भनेर आफ्नो कुरा रेकर्ड राख्न भने ।
यो पनि पढ्नुहोस्

उनले भने–“हाम्रो सरकार भ्रष्टाचारको विरुद्धमा उभिएको छ । शिक्षा जस्तो क्षेत्रमा पनि यस्तो अवस्था छ भने मैले जितेको क्षेत्रको यो अवस्थालाई निर्मूल पार्ने जिम्मेवारी मेरो काँधमा छ । कोही भेटन आउँदैमा, पैरवी गर्न आउँदैमा गरिब, दलित, अल्पसँख्यकको हक खाने अधिकार कसैको छैन् । सबुत प्रमाणको आधारमा कारवाही हुनेछ भनेर ढुक्क हुनुस् । म जातभन्दा माथि उठेर काम गर्ने मान्छे हुँ ।”
विद्यार्थीहरुबाट गैर कानुनी रुपमा असुलिएको रकमबाट एमालेका एक नेतालाई फण्डिँग गर्दै आएको स्रोत बताउँछन् । विद्यालयमा नक्कली विद्यार्थी खडा गरी सो विद्यार्थीहरुको लागि आउने सेवा सुविधा प्रअ पवन मण्डल र निमावी शिक्षक ब्रहम्देव यादवले मिलेर खाएको आरोप छ ।
अर्को गुहार प्रदेश मन्त्री समक्ष
पटक पटक बिबादमा परेका प्रधानाध्यापक मण्डल केहि दिन अगाडि बिदेह नगरपालिकाका नगर प्रमुख बेचन दासलाई अभद्र गाली गर्दै तागत भए कारवाहि गर्न चेतावनी दिएका थिए ।
समाजीक सञ्जालबाट थाहा पाए पछि नगर प्रमुख दासका छोरा राम भजन दासले अभद्र ब्यवहार मुद्या दर्ताका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दरखास्त दिन गएका थिए ।
आफुमाथि जाहेरी दर्ता गराउन लागेको सुईको पाएपछि प्रधानाध्यापक मण्डल मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री लखन दास समक्ष अनुनय बिनय र क्षमा याचना गरेपछि जाहेरी दर्ता नभएको मन्त्री दास निकट श्रोतले बताएका छन् । यद्यपी बिद्यालयमा भ्रष्टाचार भएको र उल्टै आफुलाई गालि गरेको भन्दै नगर प्रमुख दास र उनका छोरा राम भजन दासको प्रधानाध्यापक मण्डल माथिको रिस भने कम भएको छैन ।
यता नगर प्रमुख दासले बिद्यालयमा भएको करोडौं रुपैया भ्रष्टाचारको छानबीन गर्न कयौं चाटी कारवाहि गर्न लागेपनि मन्त्री दासले रोक्दै आएका छन् । यसै कारण दास दाजुभाई बीच बाहिर जतिसुकै सद्भाव देखिए पनि आन्तरीक द्वन्द बढेकै देखिन्छ ।
नगर प्रमुख दासका छोरा राम भजन दासले आउदो निर्बाचनमा राष्ट्रिय स्वतन्त्र पार्टिबाट मेयर पदका प्रत्यासी भएका कारण प्रधानाध्यापक मण्डलले गरेका भ्रष्टाचारको छानबीन गर्नुपर्ने अडान राख्दै आएका छन् । भजन दासले मन्त्री दासको अरु कुरामा जति सहमत देखिए पनि बिद्यालयमा भएको भ्रष्टाचारको बिषयमा फरक मत राख्दे आएका छन् ।
राम भजन रास्वपाका सदस्यता लिए पनि काका एमालेबाट मन्त्री भएका काराण खुलेर बाहिर पार्टि गतिबिधिमा लागेका छैन ।
जनकपुरः माछाको बच्चामा पनि भ्रष्टाचार गरेको आरोपमा ४ जनाविरुद्ध अख्तियारमा मुद्दा दायर
- २०८३ असार २५ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा माछाको भुरा वितरणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कृषि विकास कार्यालयका तत्कालीन प्रमुख र प्रोपराइटरसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको
पूरा पढ्नुहोस्

