धनुषा लालगढको बौआ होटलमा अखाद्य समाग्री फेला, २५ हजार जरिवाना, ५ क्विन्टल अखाद्य सामग्री नष्ट

२०८३ असार १८ बिहीबार
दिउसो ३:२९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्व–पश्चिम महेन्द्रराजमार्गअन्तर्गत सञ्चालनमा रहेका होटल तथा खाद्य पसलमा जनस्वास्थ्यसँग खेलबाड भइरहेको गुनासो बढेपछि धनुषामा संयुक्त अनुगमन गरिएको छ।

मधेश प्रदेश सरकारका गृह, कानुन तथा सञ्चारमन्त्री फकिरा महतोको सहभागितामा जिल्ला प्रशासन कार्यालय धनुषा र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरको संयुक्त टोलीले लालगढ र ढल्केबर क्षेत्रमा अनुगमन गरेको हो।

अनुगमनका क्रममा लालगढस्थित बौआ होटलमा बिक्रीका लागि राखिएको करिब १५ किलो माछा तथा मासु परीक्षण गर्दा खान अयोग्य भेटिएपछि होटल सञ्चालकलाई खाद्य ऐनअनुसार २५ हजार रुपैयाँ जरिवाना गरिएको छ। साथै, उक्त अखाद्य माछा–मासु नियन्त्रणमा लिएर नष्ट गरिएको छ।

धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी तथा निरीक्षक कृष्ण गैह्रेका अनुसार होटल सञ्चालकलाई आगामी दिनमा खाद्य स्वच्छताका मापदण्ड पालना गर्दै मात्र खाद्य सामग्री बिक्री–वितरण गर्न निर्देशनसमेत दिइएको छ।

संयुक्त अनुगमन टोलीले लालगढ र ढल्केबर क्षेत्रमा सञ्चालित अन्य होटल तथा किराना पसलबाट म्याद गुज्रेका, लेबलविहीन तथा गुणस्तरहीन मसला, तेल र अन्य खाद्य सामग्रीसहित करिब पाँच क्विन्टल सामग्री नियन्त्रणमा लिएर नष्ट गरेको जनाएको छ।

अनुगमनका क्रममा अधिकांश होटलले खाद्य स्वच्छता सम्बन्धी मापदण्ड पालना नगरेको, म्याद नाघेका खाद्य सामग्री भण्डारण गरेको तथा अखाद्य सामग्री प्रयोग गरेको पाइएको टोलीले जनाएको छ।

टोलीले गौतम, पुकार, थापा, कोमललगायत नौ वटा होटल तथा केही किराना पसलको पनि अनुगमन गरेको थियो।

अनुगमन टोलीले होटल व्यवसायीलाई स्वच्छ, सफा र ताजा खाद्य सामग्री मात्र बिक्री गर्न, मूल्यसूचीअनुसार सेवा उपलब्ध गराउन, बढी मूल्य नलिन तथा प्रचलित कानुनी मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले जनस्वास्थ्य संरक्षणका लागि यस्ता अनुगमनलाई आगामी दिनमा समेत निरन्तरता दिइने बताएका छन्।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरमा खुल्यो MS Chill & Sips क्याफे, जहाँ सस्तोमा आरामदायीको वाचा

  • २०८३ असार १८ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रामानन्दचोकमा MS Chill & Sips क्याफे सँचालनमा आएको छ । रामानन्दचोकस्थित रहेको सीता प्यालेस होटलको अगाडी क्याफे सँचालनमा आएको हो ।  विभिन्न आईटम, स्वाद चाख्न विभिन्न स्थानमा जानुपर्ने

पूरा पढ्नुहोस्

Bureau Menus