धनुषामा चोरीका मोटरसाइकल बरामद, अनुसन्धानका लागि ७ जना नियन्त्रणमा

२०८३ असार ७ आइतबार
बिहान ०९:३५ बजे
न्यूज ब्यूरो, डेस्क

जनकपुरधाम । धनुषा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकलहरू बरामद गरेको छ। जिल्लाको सबैला नगरपालिका–१० खरिहानी क्षेत्रमा गरिएको प्रहरी कारबाहीका क्रममा चोरी भएका मोटरसाइकलहरू फेला पारिएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बरामद गरिएका मोटरसाइकलहरू पछिल्लो समय धनुषाका विभिन्न स्थानबाट चोरी भएका थिए। मोटरसाइकल बरामद भए पनि यस सम्बन्धी विस्तृत विवरण भने प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन।

घटनासँग सम्बन्धित अनुसन्धानका लागि ७ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूमाथि सोधपुछ तथा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मन्दीप चौहानले मोटरसाइकल चोरी प्रकरणबारे अनुसन्धान जारी रहेको जानकारी दिँदै आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि बरामद मोटरसाइकलको संख्या, नियन्त्रणमा लिइएका व्यक्तिहरूको विवरण तथा घटनाको अन्य पक्ष सार्वजनिक गरिने बताए।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्यसमेत तीव्र पारिएको जनाएको छ। चोरीका सवारीसाधन नियन्त्रण तथा चोरीमा संलग्न समूहको पहिचानका लागि अनुसन्धानलाई प्राथमिकताका साथ अगाडि बढाइएको प्रहरीले जनाएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहामा गोली चलाएर लागुऔषध कारोवारी नियन्त्रणमा, अस्पतालमा उपचार हुँदै

  • २०८३ असार ७ आइतबार

न्यूज ब्यूरो, सिरहा । जिल्ला सिरहा, सिरहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन ।  जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय महेशपुरपतार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा

पूरा पढ्नुहोस्

Bureau Menus