ससुरा पक्षले छोरीको हत्या गरेको भन्दै माईतीपक्षद्धारा घरमै पुगेर आगजनी र तोडफोड, कैयौँ घाईते
छोरीको हत्या नै गरिएको दाबी गर्दै विजलपुरा पुगेका माइतीपक्ष र स्थानीयले आक्रोशमा आकर घरमा तोडफोड गर्नुका साथै त्यहाँ राखिएको एक कार, एक मोटरसाइकल र एक स्कुटीमा समेत आगजनी गरेका छन् । जसलाई सुरक्षाकर्मीले समयमै निभाएका थिए । झडपमा परी दुवैतर्फ गरी करिब एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्।

२०८३ जेठ ३० शनिबार, बिहान ७:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बर्दिवास । महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. १२ विजलपुरामा विवाहित महिला (पिंकी) को रहस्यमय मृत्यु भएपछि माईत पक्षले आगजनी तर तोडफोड गरेका छन् ।
महोत्तरीको गौशाला नगरपालिका वडा नं. ११ कान्तिबजारमा रहेको उनको माइतीपक्ष यतिबेला अत्यन्तै आक्रोशित बनेको छ भने सोही आक्रोस गएराति पोखिएको छ ।
छोरीको हत्या नै गरिएको दाबी गर्दै विजलपुरा पुगेका माइतीपक्ष र स्थानीयले आक्रोशमा आकर घरमा तोडफोड गर्नुका साथै त्यहाँ राखिएको एक कार, एक मोटरसाइकल र एक स्कुटीमा समेत आगजनी गरेका छन् । जसलाई सुरक्षाकर्मीले समयमै निभाएका थिए । झडपमा परी दुवैतर्फ गरी करिब एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्।
यस घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…