महोेत्तरीमा वडाध्यक्ष र गापाध्यक्षको विरोधमा स्थानीयले सडकमै रोपे धान
बाबु प्रेम यदुवन्शी | महोत्तरी, २२ साउन । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा वडाध्यक्ष सेक महसुद अल्म र गापाध्यक्षको विरोध गर्दै पुर्व वडाध्यक्ष र गाउँलेहरु सोमबार सडकमै धान रोपेका छन् । पुर्व वडा अध्यक्ष सेक अनवारुल हक र गाउँलेहरु वडा अध्यक्ष र स्थानीय सरकारको सांकेतिक विरोध स्वरूप सम्सी गाउँपालि

२०७५ साउन २२ मंगलबार, बिहान ८:४१ बजे१ मिनेट पढाइ

बाबु प्रेम यदुवन्शी |
महोत्तरी, २२ साउन । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा वडाध्यक्ष सेक महसुद अल्म र गापाध्यक्षको विरोध गर्दै पुर्व वडाध्यक्ष र गाउँलेहरु सोमबार सडकमै धान रोपेका छन् ।
पुर्व वडा अध्यक्ष सेक अनवारुल हक र गाउँलेहरु वडा अध्यक्ष र स्थानीय सरकारको सांकेतिक विरोध स्वरूप सम्सी गाउँपालिका वडा २ प्रसादेवाडमा सडकमै धान रोपेका हुन् । मेयर र वडा अध्यक्षले बिकासको कामकाजमा शुस्त गरेको कारण सडक हिलाम्य भएका छन् ।
गाउँको मेन बाटो छोडेर गाउँभन्दा बहिरको बाटो बनाउनेतर्फ लागिएको हुनाले गाउँमा हिँड्न एकदमै अप्ठ्यारो भएको, पूरै सडक हिलाम्य भएको, बिजुली, सोलार नभएको पुर्व वडा अध्यक्ष सेक अनवारुल आल्म र गाउँलेहरु बताए ।
एकीकृत विकास परियोजना अन्तर्गत निर्माण भइरहेका सडक पूर्ण नभएर जताततै हिलैहिलो भएका कारण सांकेतिक रूपमा विरोध जनाइएको छ । तत्कालै समस्या पहिचान गरी समाधान नगरे वडा कार्यालय र गाउँपालिकामा समेत बिरोध गर्न बाध्य हुने चेतावनी समेत दिए ।
पुर्व वडा अध्यक्ष सेक अनवारुल आल्मसहित गाउँले, विद्यार्थी, महिला, युवा लगायतकाले सडकमै धान रोपाइ गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…