मन्त्री कनिश पटेलको चेतावनीपछि उपसचिव जयसवालको टोलीद्वारा संरचनाको ‘क्वालिटी टेस्ट’

२०८३ जेठ २२ शुक्रबार
बिहान ०७:५३ बजे
संजय सहनी, रौतहट

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेशका पर्यटन विकास मन्त्री कनिश पटेलको कडा निर्देशनपछि रौतहट र सर्लाही जिल्लामा सञ्चालित विकास निर्माणका योजनाहरूको अनुगमन तथा चेकजाँचमा व्यापक कडाइ गरिएको छ। 

मन्त्रालयको निर्देशनलाई कार्यान्वयन गर्दै पर्यटन विकास कार्यालय रौतहट, गौरका प्रमुख एवं उप(सचिव बबिता जयसवाल र इन्जिनियर विधानन्द यादव सहितको प्राविधिक टोली आफैँ निर्माण स्थल (मैदान) मा उत्रिएर तीव्र अनुगमनमा खटिएका हुन् ।

​पर्यटन विकास मन्त्री कनिश पटेलले विकास योजनाहरूमा कुनै पनि बहानामा सम्झौता नगर्न र कामको पूर्ण गुणस्तर कायम गराउन निर्देशन दिएलगत्तै टोली सक्रिय भएको हो। टोलीले रौतहट र सर्लाही जिल्लाका विभिन्न स्थानमा सञ्चालित योजनाहरूको धमाधम अनुगमन गरिरहेको छ।

​अनुगमनका क्रममा प्राविधिक मापदण्ड विपरित वा कमसल हुन खोजेका कार्यहरूलाई तत्काल रोक्न लगाइएको इन्जिनियर विधानन्द यादवले बताएका छन् ।

मन्त्री ज्युको निर्देशन आएको छ, गुणस्तरीय काम मात्र अगाडि बढाउन निर्माण व्यवसायी तथा उपभोक्ता समितिलाई कडा निर्देशन दिइरहेका छौ,लापरबाही गर्ने कसैलाई छुट नभएको यादवको भनाई छ।

​पर्यटन विकास कार्यालयका प्रमुख उप(सचिव बबिता जयसवालका अनुसार सरकारी बजेटको सही सदुपयोग होस् र निर्माण कार्य दिगो रहोस् भन्ने उद्देश्यका साथ प्राविधिक मापदण्ड  अनुसार मात्र काम गराउन विशेष निगरानी बढाइएको बताईन।

​कार्यालय प्रमुख जयसवालले भनिन् “विकास निर्माणमा हुने कुनै पनि किसिमको लापरवाहीलाई नियन्त्रण गर्दै समयमै र गुणस्तरीय काम सम्पन्न गराउन हाम्रो अनुगमन टोलीले निरन्तर निगरानी राख्नेछ। मापदण्ड नपुर्‍याई गरिने कामलाई कुनै पनि हालतमा स्वीकार गरिने छैन।” भुक्तानी रोकिन्छ।

​मन्त्रीको निर्देशन र कार्यालय प्रमुखको सक्रियतापछि दुवै जिल्लामा सञ्चालित पर्यटन पूर्वाधार तथा विकास निर्माणका कामहरूमा सुशासन र गुणस्तर कायम हुने विश्वास स्थानीय स्तरमा बढेको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

'१०० टकिया' नियम प्रति असन्तुष्टि, प्रधानमन्त्री बालेन्द्र शाहलाई खुला पत्र

  • २०८३ जेठ २२ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल–भारतबीचको परम्परागत “बेटी–रोटी” सम्बन्धमा असर परेको भन्दै जनकपुरका एक सँचार उद्यमी एवम् व्यवसायीले प्रधानमन्त्री बालेन्द्र शाहलाई खुला पत्रमार्फत ध्यानाकर्षण गराएका छन्। उनले एक सचेत र स्वतन्त्र आम

पूरा पढ्नुहोस्

Bureau Menus