'बेचन दास एक बाउको छोरा हो भने कारवाही गरेर देखाओस' भन्दै मेयर दासकी मृत आमाप्रति हेडमास्टर मण्डलको अभद्र गाली
समाजिक सँजालबाट विद्यालयको मात्र साकारात्मक पक्षको प्रचार प्रसार गरी नाम कमाएका हेडमास्टर पवन मण्डलको भित्री वास्तविकता छत्ताछुल्ल भएपछि उनको इमेज बाहिरिएको हो । उनका समर्थकहरुले समेत उनको आलोचना गर्न थालेका छन् ।

२०८३ जेठ २१ बिहीबार, बिहान ६:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा बिदेह नगरपालिकाका मेयर बेचन दासकी मृत आमालाई जनता नमुना मावि गिद्धाबेलापट्टिका हेडमास्टर पवन मण्डलले अभद्र गाली गरेको रेकर्ड न्यूज ब्यूरोले फेला पारेको छ ।
विद्यालयमा बेतिथि निम्त्याएको, अवैद्य असुली गरेको सन्दर्भमा परेको निवेदन उजुरीप्रति मेयर बेचन दासले पटक-पटक सम्झाउन खोजेपटि आक्रोसित हेडमास्टर पवन मण्डलले उनकी मृत आमाप्रति अभद्र गाली गरेका छन् ।
मेयर दासले स्कूलमा मनपर्दी गरिए, गरिब बालबालिकाहरुसँग जबरदस्ती शुल्क लिए कारवाही गर्ने चेतावनी दिएका थिए । त्यसपछि उनले आफूलाई भौतिक कारवाहीको कुरा गर्दै उनले मेयरलाई गाली गरेको पाईएको छ । नगरपालिकाको बैठकमै हेडमास्टरहरुमाथि कारवाही गर्ने भनेपछि आक्रोसित मण्डलले उनको आमा लगाएर गाली गरेका हुन् ।
प्राप्त अडियोमा हेडमास्टर पवन मण्डलले भनेका छन् –“मेयर बेचन दास एक बापके बेटा है त कारवाही कक देखाबो” अर्थात मेयर बेचन दास एक बाउको छोरा हो भने मलाई कारवाही गरेर देखाओस भनेर भनेका छन् । जानकारी अनुसार, केही दिन मेयर दास र हेडमास्टर मण्डलबीच विद्यालयमा जाने रकमको सन्दर्भमा विवाद चलिरहँदा प्रधानाध्यापक मण्डलले नीचस्तरको गाली गरेको पाईएको छ ।
सुन्नुहोस रेकर्ड प्रमाण
समाजिक सँजालबाट विद्यालयको मात्र साकारात्मक पक्षको प्रचार प्रसार गरी नाम कमाएका हेडमास्टर पवन मण्डलको भित्री वास्तविकता छत्ताछुल्ल भएपछि उनको इमेज बाहिरिएको हो । उनका समर्थकहरुले समेत उनको आलोचना गर्न थालेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…