सुदन गुरुँग, रवि , मनिष, शिव , बब्लु , पुरुषोत्तमसहित यी १७ साँसदमाथि छानबिन गर्न आयोगको सिफारिस

२०८३ जेठ १३ बुधबार
बेलुकी ७:१२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमान्डौँ ।  राष्ट्रिय मानवअधिकार आयोगले रवि लामिछाने सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १७ जना सांसदमाथि भदौ २३ र २४ गते भएका घटनाबारे अनुसन्धान गर्न सिफारिस गरेको छ ।

आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा रास्वपा सभापति लामिछाने नख्खु कारागारबाट निस्कँदा कैदीबन्दी बाहिर पठाउन संलग्नता रहेको किटान गर्दै उनीमाथि ‘सूक्ष्म अनुसन्धान’ गर्नुपर्ने उल्लेख गरिएको छ । सोही घटनामा रास्वपा प्रवक्ता मनिष झा र नेता हरि ढकाल माथि पनि अनुसन्धान गर्न आयोगले सिफारिस गरेको छ ।

आयोगले रास्वपाका सांसदहरू सुधन गुरुङ, दीपक बोहरा, गणेश कार्की, सुलभ खरेल, शिव यादव, बब्लु गुप्ता, कृष्णकुमार कार्की, डा. तोसिमा कार्की, राजीव खत्री, केपी खनाल, आशिका तामाङ, ज्वाला संग्रौला, सोम शर्मा र पुरुषोत्तम यादवलाई पनि अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको छ ।

त्यसैगरी रास्वपाका केन्द्रीय सदस्य खेमराज साउद तथा बाजुराबाट पार्टीका उम्मेदवार बनेका हेमराज थापामाथि समेत अनुसन्धान गर्नुपर्ने आयोगको निष्कर्ष छ ।

प्रतिवेदनमा प्रदर्शनअघि, प्रदर्शन भइरहेका बेला तथा त्यसपछिका सार्वजनिक अभिव्यक्तिहरूलाई आधार बनाइएको उल्लेख छ । राष्ट्रिय अनुसन्धान विभागबाट संकलित सूचना, सामाजिक सञ्जालमा आएका सामग्री तथा प्रकाशित समाचारका आधारमा उनीहरूको भूमिकामाथि अनुसन्धान आवश्यक देखिएको आयोगको भनाइ छ ।

‘उनीहरूको अभिव्यक्तिले प्रदर्शनलाई उत्तेजित बनाउन भूमिका खेलेको भन्ने विभिन्न कोणबाट टिप्पणी देखिएकाले २३ र २४ भदौका घटनामा भएको मानवीय तथा भौतिक क्षतिमा उनीहरूको संलग्नता रहेरनरहेको तथा सार्वजनिक शान्ति र सुव्यवस्थामा असर पुगेरनपुगेको विषयमा अनुसन्धान हुन आवश्यक देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ ।

आयोगले भदौ २३ गतेको प्रदर्शनका क्रममा भएको दमन तथा त्यसको भोलिपल्ट विकसित घटनाक्रमबारे छानबिन गरी प्रतिवेदन सार्वजनिक गरेको हो । आयोगकी सदस्य लिली थापा को संयोजकत्वमा गठित समितिले मानवअधिकार उल्लंघनका विषयमा अध्ययन तथा अनुसन्धान गरेको थियो ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाधाममा राष्ट्रिय बाणिज्य बैँकको शाखा विस्तार 

  • २०८३ जेठ १३ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको नयाँ शाखा धनुषाको ऐतिहासिक धनुषाधाममा सञ्चालनमा आएको छ । बैंकको १३८ औं शाखाको रुपमा धनुषाधाममा पनि सेवा प्रारम्भ गरिएको रा.बा. बैंकले जनाएको छ

पूरा पढ्नुहोस्

Bureau Menus