जनकपुर प्रादेशिक अस्पतालमा डाक्टरहरुको पेनडाउनले विरामीहरुलाई सास्ती, अझै खुलेन उपचार
एक प्रसुति महिलाको शल्यक्रियापछि उपचारको क्रममा मृत्यू हूँदा परिवारजनले शल्यक्रियामा संलग्न दुई चिकित्सकलाई निलम्बनको माग राख्दा अस्पताल प्रशासनले निलम्बन गर्दा अन्य डाक्टर, कर्मचारीहरुले पेन डाउन गरिदिएपछि गम्भिर अवस्था सृजना भएको छ । यद्यपी, दुवै पक्षबीच सम्झौता भईसकेपनि डाक्टरहरुको पेनडाउन भएको कारण अवस्था तनावमय बनेको छ । यसलाई चिकित्सकहरुले नीजि अस्पतालमा विरामी पठाउने षडयन्त्र भन्दै केही विरामीका आफन्तले आक्रोस समेत पोखेका छन् ।

२०८३ जेठ ११ सोमबार, बेलुकी ७:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गरिब विरामीहरुको सँख्या बढी भएको प्रादेशिक अस्पताल जनकपुरको विभिन्न वार्डहरु बन्द गरिएपछि विरामीहरुमा हलचल मचेको छ ।
एक सुत्केरी महिलाको उपचारको क्रममा मृत्यू भएपछि दोष डाक्टरलाई दिँदै निलम्बन गर्न माग गरेपछि सो अस्पतालमा कार्यरत डाक्टरहरुले समेत आन्दोलन सुरु गरेका छन् । उनीहरु विगत तीनदिनदेखि पेनडाउन गरेपछि ओपिडी सेवा प्रभावित बनेको हो । यसले सयौँ गरिब, निमुखा बिरामीहरुलाई सास्ती भएको छ । उपचार, चेकजाँच नपाउँदा उनीहरुमा बिच्चली भएको छ ।
अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा यस्ता आन्दोलनले चिकित्सकमाथिको भरोसा समेत न्यून भएको छ भने उपचारको क्रममा हुने मृत्यूलाई डाक्टरकै लापरवाहीसँग जोडने प्रवृतिपछि संंवेदनशिलता भँग हुँदै गएको छ । विरामीहरुले ओपिडी टिकट कटाउने, उपचारका लागि लाम बस्ने, उपचार हुने आसमा बस्ने गर्दा अस्पतालमा भीडभाड भएको छ भने अझै उपचार पाउन सकेको छैन् ।
एक प्रसुति महिलाको शल्यक्रियापछि उपचारको क्रममा मृत्यू हूँदा परिवारजनले शल्यक्रियामा संलग्न दुई चिकित्सकलाई निलम्बनको माग राख्दा अस्पताल प्रशासनले निलम्बन गर्दा अन्य डाक्टर, कर्मचारीहरुले पेन डाउन गरिदिएपछि गम्भिर अवस्था सृजना भएको छ ।
यद्यपी, दुवै पक्षबीच सम्झौता भईसकेपनि डाक्टरहरुको पेनडाउन भएको कारण अवस्था तनावमय बनेको छ । यसलाई चिकित्सकहरुले नीजि अस्पतालमा विरामी पठाउने षडयन्त्र भन्दै केही विरामीका आफन्तले आक्रोस समेत पोखेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…