धनुषामा दाजुभाइको दियादी झगडामा एकको हत्या !
न्यूज ब्यूरो | जनकपुरधाम, २१ साउन । धनुषामा दुई दाजुभाइबीच झगडा हुँदा एकको हत्या भएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ बेङगाशिवपुरमा आइतबार राति करिब साढे ८ बजेको समयमा स्थानीय ५० वर्षीय रामवृक्ष यादव र ५० वर्षकै अरुण यादवबीच दियादी विवाद हुँदा एकको हत्या गरिएको हो । रामबृक्ष र अरुण

२०७५ साउन २० आइतबार, राति ११:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २१ साउन । धनुषामा दुई दाजुभाइबीच झगडा हुँदा एकको हत्या भएको छ ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ बेङगाशिवपुरमा आइतबार राति करिब साढे ८ बजेको समयमा स्थानीय ५० वर्षीय रामवृक्ष यादव र ५० वर्षकै अरुण यादवबीच दियादी विवाद हुँदा एकको हत्या गरिएको हो ।
रामबृक्ष र अरुणबीचको भनाभन उग्र भएपछि अरुणका ३० वर्षीय छोरा अतिशन्दर यादवले प्रहार गरेको धारिलो हतियारको प्रहारबाट रामबृक्षको हत्या भएको प्रहरीले जनाएको छ ।
घटनामा अरुणका छोरा अतिशन्दरले रामबृक्षका २८ वर्षीय छोरा रामसोगारथ यादवलाई समेत धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । उनको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौं रिफर गरिएको प्रहरीले बताए ।
यता, अरुण र उनका छोरा अतिशन्दरलाई नियन्त्रणमा राखिएको जिप्रका धनुषाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…