मधेशमा पहिलो पटक मधेशवादी दल बिनाको सरकार, मुख्यमन्त्री यादवले पाए विश्वासको मत
उक्त संख्या प्रदेश सभामा रहेको सांसदहरुको दुई तिहाई भन्दा बढि रहेकोले मुख्यमन्त्री यादवले प्रदेश सभाको विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री यादवको पक्षमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले, नेपाली संघीय समाजवादी पार्टीले मत दिएको थियो भने विपक्षमा जनमत पार्टी, जसपा नेपाल र राप्रपाले मत दिएको थियो ।

२०८३ जेठ ८ शुक्रबार, बेलुकी ७:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् ।
जनमत पार्टी प्रदेश सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिनका लागि प्रदेश सभाको बेठक आह्वान गर्न आग्रह गरेका थिए । बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत मागेकोमा कुल उपस्थित १०० जना सांसदमध्ये मुख्यमन्त्री यादवको पक्षमा ६२ जम्मा मत परेको थियो भने विपक्षमा ३६ जम्मा मत परेको थियो ।
उक्त संख्या प्रदेश सभामा रहेको सांसदहरुको दुई तिहाई भन्दा बढि रहेकोले मुख्यमन्त्री यादवले प्रदेश सभाको विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री यादवको पक्षमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले, नेपाली संघीय समाजवादी पार्टीले मत दिएको थियो भने विपक्षमा जनमत पार्टी, जसपा नेपाल र राप्रपाले मत दिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…