न्यूज ब्यूरो, जनकपुरधाम । मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विश्वासको मतको पूर्वसन्ध्यामै मधेश प्रदेशमा राजनीतिक समीकरणमा फेरबदल गरेका छन् । केन्द्रीय राजनीतिमा फेरबदलको संकेत देखिन थालिएपछि मधेश प्रदेशमा नेपाली कांग्रेस–नेकपा एमाले–नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच वाम डेमोक्रेट गठनबन्धनको चर्चा चुलिएको थियो । त्यसलगत्तै मुख्यमन्त्री यादवले विश्वासको मत शुक्रबार लिनु एक दिन अगावै मधेश प्रदेशमा तीन दलबीचको गठबन्धनको प्रभाव परेको देखिएको छ ।
यससंगै मधेश प्रदेशको राजनीतिमा हावी रहँदै आएको मधेश केन्द्रित दल जसपा नेपाल र जनमत पार्टीबाट बनेका मन्त्रीहरुलाई हटाइने संकेत मुख्यमन्त्री यादवले गरेका छन् । यद्यपि जसपा नेपालबारे अहिले नै मुख्यमन्त्री यादवले औपचारिक धारणा बनाइसकेका छैनन् । ‘मुख्यमन्त्री यादवले जसपा नेपाललाई पनि मिलाएर लैजान चाहेका छन’, एकजना नेताले भने । मधेश प्रदेशसभामा शुक्रबार मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै छन् । यसअघि नै बिहीबार राति नेकपा एमालेलाई पनि सरकारमा सहभागी गराएको छ ।
एमालेबाट चारजनालाई मन्त्री बनाइने भनिए पनि बिहीबार राति मोहम्मद समिरलाई विना विभागीय मन्त्रीको रुपमा प्रदेश सरकारमा सहभागी गराइएको छ । नेकपा एमालेका मधेश प्रदेश संसदीय दलका नेतासमेत रहेका पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले तत्काल मोहम्मद समिरलाई शपथ ग्रहण गराइने र अन्य तीन मन्त्रीलाई शुक्रबार साँझसम्ममा शपथ ग्रहण गराइने योजना रहेको जानकारी दिए । उनका अनुसार एमालेले चार वटा मन्त्रालय पाउने छ । उनले केन्द्रमा बनेको गठबन्धन अनुसार एमाले मधेश प्रदेश सरकारमा सहभागी भएको स्पष्ट पारे ।
कांग्रेस–एमाले–नेकपाले मुख्यमन्त्रीमा कांग्रेसका कृष्णप्रसाद यादव नै निरन्तरता दिने यस अघि नै स्पष्ट गरिसकेका छन् । जसपा नेपाल मधेश प्रदेशको संसदीय दलको बैठकबाट कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई नै विश्वासको मत दिने भन्दै ह्वीप नै जारी गरेको छ । कृष्ण प्रसाद यादव नेतृत्वको सरकारलाई दिएको समर्थन जनमत पार्टीले फिर्ता लिएपछि उनलाई विश्वासको मत लिनुपर्ने अवस्था आएको छ ।
जनमतले विश्वासको मत फिर्ता लिए पछि प्रदेश सरकारबाट जनमत पार्टीबाट बनेका अर्थमन्त्री महेशप्रसाद यादव र खेलकुद तथा समाजकल्याण मन्त्री वसन्तकुमार कुशवाहालाई मुख्यमन्त्री यादवले राजीनामा दिन निर्देशन दिए पछि दुबै मन्त्रीले राजीनामा बुझाएको बताइन्छ ।
प्रदेशसभामा जसपा नेपालका २६, नेकपा एमाले २४, नेपाली कांग्रेस २२, नेपाली कम्युनिष्ट पार्टी(नेकपा) १४ र पाँचौमा जनमत पार्टीको १२, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीको १/१ जना प्रदेशसभा सदस्य रहेका छन् । जसमध्ये कांग्रेस, एमाले र नेकपाका गरी ६० र जसपा नेपालले पनि वर्तमान सरकारलाई नै समर्थन गर्दै विश्वासको मत दिने छन् । यसरी जसपा नेपालको २६ जना गरी कुल ८६ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने भएका छन् ।
तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?
- २०८३ जेठ ८ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका
पूरा पढ्नुहोस्



