Close This

पप्पु कन्सट्रक्सनका सँचालक ठेकेदार रौनियारलाई पक्राउ पूर्जी जारी

२०८३ जेठ ७ बिहीबार
रति ८:३४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, वीरगँज ।  पर्सा जिल्ला अदालतले पप्पु कन्ट्रक्सन प्रालिका सञ्चालक सुमित रौनियारलाई पक्राउ गरी उपस्थित गराउन प्रहरीको नाममा पक्राउ पुर्जी जारी गरेको छ।

विगो सम्बन्धी मुद्दामा दोषी ठहर भई दुई वर्ष कैदको सजाय तोकिएका वीरगन्ज महानगरपालिका–१४ निवासी रौनियारलाई पक्राउ गर्न अदालतले गत वैशाख ३१ गते आदेश दिएको हो।

सघन सहरी विकास कार्यालय अन्तर्गत वीरगन्ज महानगरपालिकामा सडक तथा नाला निर्माणका लागि स्वच्छन्द, पप्पु र युनाइटेड जेभीले संयुक्त रूपमा ठेक्का लिएका थिए। सोही निर्माणका क्रममा प्रमोद निर्माण सेवाका सञ्चालक मनोज पटेलसँग गिट्टी, बालुवा लगायतका निर्माण सामग्री लिएर भुक्तानी नगरेपछि पटेलले अदालतमा विगो मुद्दा दायर गरेका थिए।

उक्त मुद्दामा सुनुवाइ गर्दै पर्सा जिल्ला अदालतले २०८० कात्तिक २० गते रौनियारलाई १ करोड १५ लाख ६५ हजार रुपैयाँ भुक्तानी गर्न आदेश दिएको थियो।

फैसलामा विगो बराबरको रकम वादीलाई भुक्तानी नगरे रौनियारलाई दुई वर्ष कैद सजाय हुने समेत उल्लेख थियो। जिल्ला अदालतको उक्त फैसला विरुद्ध रौनियारले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा पुनरावेदन गरे पनि उच्च अदालतले जिल्लाकै फैसलालाई सदर गरिदिएको थियो।

अदालतको आदेश जारी भएको एक साता बितिसक्दा पनि जिल्ला प्रहरी कार्यालय पर्साले रौनियारलाई पक्राउ गर्न नसकेको भन्दै निर्माण सेवाका सञ्चालक पटेलले गुनासो गरेका छन्।

रौनियार राजनीतिक तथा आर्थिक रूपमा उच्च पहुँच भएका व्यक्ति भएकाले प्रहरीले दबाबमा परेर पक्राउ गर्न आलटाल गरेको हुन सक्ने आशंका उनले व्यक्त गरे।

यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले अदालतको आदेश कार्यान्वयन गर्न प्रहरीले आवश्यक कदम चालिसकेको स्पष्ट पारेका छन्।

रौनियारलाई पक्राउ गर्ने जिम्मेवारी जिल्ला प्रहरी कार्यालयको फैसला कार्यान्वयन टोलीलाई सुम्पिएको भन्दै उनले फरार रहेका रौनियारको खोजीका लागि भौतिक तथा प्राविधिक दुवै संयन्त्र परिचालन गरिएको दाबी गरे।

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

'पाइला पाइलामा मान्छेको, आ-आफ्नै स्वार्थ हुन्छ'

  • २०८३ जेठ ७ बिहीबार

जिन्दगीको गोरेटोमा एकलै हिड्न सिक्नु । बुझी आफ्नो महत्व,सस्तोमा कहिल्यै न बिक्नु धैर्यता र साहसले, प्रतिस्पर्धा मा टिक्नु। ज्ञान दिने गुरुहरुको, गुण कहिल्यै न बिर्सिनु। जिन्दगी को गोरेटोमा एक्लै हिड्न सिक्नु । पाइला पाइलामा मन्छेको,

पूरा पढ्नुहोस्

Bureau Menus