न्यूज ब्यूरो, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरका दुई चिकित्सकलाई अस्पताल प्रशासनले निलम्बन गर्ने निर्णय गरेको छ ।
सुत्केरी महिलाको अप्रेशनपछि उनको अवस्था बिग्रेको भन्दै अस्पताल प्रशासनले शल्यक्रियामा संलग्न डाक्टर धीरज कुमार साह र लक्ष्मी साहलाई निलम्बन गर्ने निर्णय भएको हो ।
गएराती सुत्केरी अँजिना यादवको अवस्था चिन्ताजनक भएपछि रातिदेखि नै परिवारजनले नारावाजी, विरोध गर्दै आएको थियो । आज दिउँसो अस्पताल प्रशासन र विभिन्न पक्षबीच भएको छलफलको क्रममा शल्यक्रियामा संलग्न डाक्टर साहलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
अँजिना यादव प्रकरणमा छानबिन समिति बनाएर छानबिन गर्ने निर्णय गर्दै छानबिनको रिपोर्ट नआएसम्म डा. धीरज कुमार साह र लक्ष्मी साहलाई निलम्बन गर्ने निर्णय भएको हो ।
परिवारसहित प्रशासन, प्रहरी, अस्पताल प्रशासन, राजनीतिकर्मी लगायतको सर्वपक्षिय बैठकबाट सो निर्णय गरिएको हो । यसका साथै, अस्पतालका मेसु डा. जामुन सिँहले कमि कमजोरी गरेको भन्दै उनीमाथि समेत छानबिन गरी दोषी देखिए कारवाही गर्ने सहमति भएको हो ।
उपचारमा आएकी अँजिना यादवको कोर्डेक्स लगायत अन्य सबै रिपोर्ट, उपचारविधि लगायतका प्रतिवेदन पीडित परिवारलाई बुझाउने, डाक्टर दोषी देखिए पीडित परिवारलाई क्षतिपूर्ति दिने, मेसु जामुन सिँहलाई कारवाहीका लागि स्वास्थ्य तथा जनसँख्या मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरिएको हो ।
यसका साथै, छानबिनको रिपोर्ट नआएसम्म परिवाजनको तर्फबाट वा कुनै पक्षबाट अस्पताल सँचालनमा कुनै वाधा अवरोध नपुरयाउने, छानबिन समितिको रिपोर्ट ७ दिनभित्र आईसक्नुपर्ने निर्णय गरिएको हो ।
जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी
- २०८३ जेठ ७ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् । आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२
पूरा पढ्नुहोस्






