न्यूज ब्यूरो, जनकपुरधाम । औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि पसल तथा फार्मेसीमा औषधि बिक्री वितरण नगर्न सबै थोक विक्रेतालाई निर्देशन दिएको छ ।
विभागले मंगलबार अत्यन्त जरुरी सूचना जारी गर्दै विभागमा दर्ता भएका बिक्री केन्द्र, औषधि पसल, फार्मेसी तथा कानुनबमोजिम दर्ता भएका संस्थालाई मात्रै औषधि बिक्री वितरण गर्नुपर्ने जनाएको हो ।
विभागका अनुसार औषधि दर्ता नियमावली, २०३८ को नियम ११ बमोजिम औषधिको बिक्री वितरण तथा भण्डारण प्रक्रियालाई व्यवस्थित, गुणस्तरीय, सुरक्षित र प्रभावकारी बनाउन ‘औषधि बिक्री वितरण संहिता, २०८०’ लागू गरिएको छ ।
उक्त संहिताको दफा ९ को उपदफा (२) मा थोक बिक्रेताले विभागमा दर्ता भएका बिक्री केन्द्र वा फार्मेसीलाई मात्रै औषधि बिक्री गर्नुपर्ने व्यवस्था रहेको विभागले जनाएको छ ।
तर विभागीय निरीक्षणका क्रममा केही थोक विक्रेताले दर्ता नभएका औषधि पसल तथा फार्मेसीमा समेत औषधि बिक्री वितरण गरिरहेको पाइएको भन्दै विभागले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
विभागले थोक तथा खुद्रा विक्रेता, औषधि पसल र फार्मेसीलाई औषधि बिक्री गर्दा अनिवार्य रूपमा बिल विजक जारी गर्न तथा खरिदकर्ताको विवरण उल्लेख गर्नसमेत निर्देशन दिएको छ ।
औषधि बिक्री वितरण संहिता, २०८० को व्यवस्था उल्लंघन गरी दर्ताविहीन बिक्री केन्द्रमा औषधि बिक्री गरेको पाइए औषधि ऐन, २०३५ अनुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ ।
गोलबजार मेयर गोल्डकपः सलहेश युवा क्लब र ब्रदर्श हुड उदयपुर फाइनलमा भिड्ने
- २०८३ जेठ ६ बुधबार
न्यूज ब्यूरो, सिरहा । गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा सलहेश युवा क्लब, सिरहा र ब्रदर्श हुड फुटबल क्लब, उदयपुरबीच प्रतिस्पर्धा हुने भएको छ। सेमिफाइनल अन्तर्गत ब्रदर्श
पूरा पढ्नुहोस्





