Close This

मिथिलाबिहारी नपाः वडा अध्यक्ष सुरेन्द्र मण्डलको पहलमा गाउँमै लालपुर्जा वितरण

२०८३ जेठ १ शुक्रबार
दिउसो १:११ बजे
न्यूज ब्यूरो, डेस्क

 न्यूज ब्यूरो, जनकपुरधाम ।  मिथिला बिहारी नगरपालिका वडा नं. ५ ललियाका ४८३ घरपरिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ । २ नं. नापी टोली द्वारा ‘गाउँब्लक’ अन्तर्गत नाप नक्सा सम्पन्न भएका जग्गाधनीलाई गाउँमै पुगेर लालपुर्जा वितरण गरिएको हो ।

साबिक मिथिलेश्वर निकाश वडा नं. ६,७,८ र ९  अन्तर्गत पर्ने गाउँब्लक क्षेत्रको नापी सम्पन्न गरी दर्ता प्रक्रिया पूरा भएका जग्गाधनीलाई लालपुर्जा प्रदान गरिएको २ नं. नापी टोली प्रमुख सिया राम साह ले जानकारी दिनुभयो । उहाँका अनुसार सेवाग्राहीलाई कार्यालयसम्म पुग्न कठिन हुने भएकाले गाउँमै पुगेर पुर्जा वितरण गरिएको हो ।

कार्यालयका अनुसार उक्त गाउँब्लकको नापी कार्य करिब १० वर्षअघि अर्थात् आर्थिक वर्ष २०७१/०७२ मा सम्पन्न गरिएको थियो । लामो समयदेखि पुर्जा नपाउँदा स्थानीयवासी बैंकबाट ऋण लिन, जग्गा धितो राख्न, बेचबिखन गर्न तथा अंशबण्डा जस्ता कार्य गर्नबाट वञ्चित हुँदै आएका थिए । पुर्जा प्राप्त भएपछि स्थानीयवासी खुशी भएका छन् ।

वडा अध्यक्ष सुरेन्द्र कुमार मण्डल को विशेष पहलमा गाउँमै पुगेर लालपुर्जा वितरण कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र न्यौपाने, कार्यपालिका सदस्य राम उदगार दास, नापी टोली प्रमुख सियाराम साह, सर्वेक्षक राजिव प्रसाद साह, अमिन श्यामराज पंडित, संजय यादव लगायत कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।

नापी कार्यालयका अनुसार गाउँब्लक अन्तर्गत आवादी कित्ता संख्या ११२१ रहेको छ भने यसको कुल क्षेत्रफल २ लाख ३४ हजार २१३ दशमलव ९५ वर्गमिटर रहेको छ । सरकारी तथा सार्वजनिक कित्ता संख्या ५४ रहेको र त्यसको क्षेत्रफल १६ हजार १९३ दशमलव ५० वर्गमिटर रहेको जनाइएको छ । यसरी कुल कित्ता संख्या ११७५ तथा कुल क्षेत्रफल २ लाख ५० हजार ४०७ दशमलव ४५ वर्गमिटर रहेको छ । 

त्यसैगरी कुल ६५८ निवेदनमध्ये हालसम्म ४८३ थान जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ, जुन करिब ७० प्रतिशत प्रगति रहेको नापी कार्यालयले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

'पाइला पाइलामा मान्छेको, आ-आफ्नै स्वार्थ हुन्छ'

  • २०८३ जेठ १ शुक्रबार

जिन्दगीको गोरेटोमा एकलै हिड्न सिक्नु । बुझी आफ्नो महत्व,सस्तोमा कहिल्यै न बिक्नु धैर्यता र साहसले, प्रतिस्पर्धा मा टिक्नु। ज्ञान दिने गुरुहरुको, गुण कहिल्यै न बिर्सिनु। जिन्दगी को गोरेटोमा एक्लै हिड्न सिक्नु । पाइला पाइलामा मन्छेको,

पूरा पढ्नुहोस्

Bureau Menus