दलित समुदायमा कुटपिट सहित घरवार भत्काइयो , प्रहरी बिरुद्ध गरे प्रदर्शन !
चन्दन रौनियार | सुनसरी, १९ साउन । सुनसरीको दुहबी नगरपालिकामा दलित समुदायले प्रहरी प्रशासन विरुद्ध चर्को नारावाजी गरेका छन् । नगरपालिकाको वडा नं.९ सोनापुरमा रहेका ऋषिदेव टोलमा कुखुरा चोरी गरेको निहुँमा चौधरी टोलका यूवाहरु ऋषिदेव टोलका महिला, पुरुष र बालबालिकाहरु माथि निर्घात कुटपिट भएकोमा पिडीत ऋषिदे

२०७५ साउन १९ शनिबार, राति ८:३५ बजे२ मिनेट पढाइ
चन्दन रौनियार |
सुनसरी, १९ साउन । सुनसरीको दुहबी नगरपालिकामा दलित समुदायले प्रहरी प्रशासन विरुद्ध चर्को नारावाजी गरेका छन् ।
नगरपालिकाको वडा नं.९ सोनापुरमा रहेका ऋषिदेव टोलमा कुखुरा चोरी गरेको निहुँमा चौधरी टोलका यूवाहरु ऋषिदेव टोलका महिला, पुरुष र बालबालिकाहरु माथि निर्घात कुटपिट भएकोमा पिडीत ऋषिदेव समुदायहरु आन्दोलित भएका छन् ।
घटना सुक्रबार राती १०:३० बजेको समयमा आफुहरु सुतीरहेको अवस्थामा अनुमान ५० जनाको समूहमा आएका यूवाहरु तिमीहरु कुखुरा चोरेर ल्याएको भन्दै निर्घात कुटपिट गरी गाउँ नै आतङ्कित बनाएको बताइन्छ ।
साथै, टोलका महिला पुरुष र बालबालिका माथि दुरव्यहवार गर्दै घरपसी घर भत्काउने तथा घरमा भएका सम्पुर्ण समानहरु क्षतिग्रत बनाएको भन्दै पिडीत पहडीया ऋषिदेवले जानकारी दिइएका छन् ।
राती घटना हुदा प्रहरीलाई खबर गर्दा तत्कालै प्रहरी घट्ना स्थलमा पुगेता पनि प्रहरी कै अगाडी कुटपिट भईरहदा प्रहरीले सान्ति सुरक्षा दिनु पर्नेमा प्रहरी नै मुख दर्शक भएको तत्कालै दोसीलाई पक्राउ नगरीएको भन्दै ऋषिदेव समुदाय आन्दोलित हुनुपरेको पिडीत धरमेन्द्र ऋषिदेवले बताए ।
सो ऋषिदेव समुदायहरु दुहबि बजार परिक्रमा गर्दै प्रहरी प्रशासन बिरुद्ध नाराबाजि गर्दै दुहबि इलाका प्रहरी कार्यालय घेराउ गर्दै १ घण्टा धर्नामा बसेको थियो । 

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…