धनुषाः किशोरकिशोरी भागेर गरे विवाह, साथीहरुलाई समातेर धनुषा प्रहरीले 'टर्चर' गरेको आरोप
दुवै जना भागेपछि उनीहरुले टिकटक, फेसबुकमा भिडियो बनाएर सार्वजनिक गरिसकेको अवस्थामा पनि केटी पक्षले केटा पक्षलाई यातना दिन खोजेको आरोप उनले लगाए । वडाध्यक्ष गोहिबारका अनुसार, कसैले नभगाई आफैँ भागेको कुरा प्रहरीलाई थाहा हुँदाहुँदै यसरी प्रस्तुत हुनु अनुचित रहेको बताए । उनले धनुषा प्रहरीसँग न्यायको आस हुँदाहुँदै अमानवीय कार्य गरेको आरोप लगाए ।

२०८३ बैशाख २९ मंगलबार, राति ८:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिका वडा नं.४ साघाराका किशोर किशोरीले राजीखुसी भागेर विहे गरेपछि केटा पक्षका साथीहरुलाई प्रहरीले यातना दिएको आरोप लगाइएको छ ।
गत बैशाख ५ गते साघारा बस्ने स्थानीय प्रकाश मण्डलका छोरा राघव मण्डल र सोही स्थान बस्ने साकिर कवाडीकी छोरी तमासुन खातुन आपसी सहमतिमा भागेर विवाह गरेको पाईएको छ ।
उनीहरु भागेपछि केटी पक्षले प्रहरीमा भगाएको उजुरी दिएपछि केटा पक्षका साथीहरुलाई पक्राउ गरी यातना दिएको आरोप वडा नं. ४ का वडाध्यक्ष दिपक गोहिबारले लगाए । उनका अनुसार, दुवै जना आपसी सहमतिमा भागेको भएपनि केटा पक्षलाई दुःख दिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाको महिला तथा बालबालिका सेलमा मण्डलका साथीहरुलाई बोलाएर कुटपिट गरेको आरोप वडाध्यक्षको छ । यसका साथै, वडा नं. ४ का वडाध्यक्षका सहयोगी रहेका रामभगत मण्डललाई समेत प्रहरीले पक्राउ गरी राखेको दुःखेसो पोखेका छन् ।
दुवै जना भागेपछि उनीहरुले टिकटक, फेसबुकमा भिडियो बनाएर सार्वजनिक गरिसकेको अवस्थामा पनि केटी पक्षले केटा पक्षलाई यातना दिन खोजेको आरोप उनले लगाए । वडाध्यक्ष गोहिबारका अनुसार, कसैले नभगाई आफैँ भागेको कुरा प्रहरीलाई थाहा हुँदाहुँदै यसरी प्रस्तुत हुनु अनुचित रहेको बताए । उनले धनुषा प्रहरीसँग न्यायको आस हुँदाहुँदै अमानवीय कार्य गरेको आरोप लगाए ।
यस सन्दर्भमा धनुषाका प्रहरी प्रवक्ता गणेश बहादुर बमसँग सम्पर्क गर्दा फोन उठेनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…