टिकटकमा अश्लिल कुराकानी गर्ने धनुषाका 'न्यू स्टार' भन्ने अमित यादव घरबाटै पक्राउ, सप्तरी पठाइयो
उनलाई आजै घरबाट उठाएर सप्तरी लगिएको एक प्रहरीले जनाए । टिकटक भिडियोकै सन्दर्भमा एक युवतिलाई आत्महत्या गर्न बाध्य बनाएको मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनलाई आज बिहान पक्राउ गरीएको जनाइएको छ । उनलाई युवतिलाई आत्महत्या दुरुत्साहनको मुद्दामा अनुसन्धानको लागि पक्राउ गरिएको जनाइएको छ ।

२०८३ बैशाख २९ मंगलबार, दिउँसो १२:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । टिकटक प्लेटफर्ममा अश्लिल कुराकानी गरी चर्चामा आएका धनुषाका अमित यादवलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
धनुषाको गणेशमानचारनाथ ८ चितहा लवटोली (पोर्ताहा) बस्ने दिनेश यादवको छोरा अन्दाजी बर्ष २७ को न्यू स्टार नामले चर्चित अमित यादवलाई पक्राउ गरिएको हो ।
उनलाई यसपाली टिकटकमा अश्लिल गाली, अभद्रता प्रदर्शन नभएर ज्यान मुद्दामा पक्राउ गरिएको जनाइएको छ । धनुषा प्रहरीको सहयोगमा सिरहाबाट खटेको प्रहरीले उनलाई पक्राउ गरी सप्तरी पठाएको हो ।
उनलाई आजै घरबाट उठाएर सप्तरी लगिएको एक प्रहरीले जनाए । टिकटक भिडियोकै सन्दर्भमा एक युवतिलाई आत्महत्या गर्न बाध्य बनाएको मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
उनलाई आज बिहान पक्राउ गरीएको जनाइएको छ । उनलाई युवतिलाई आत्महत्या दुरुत्साहनको मुद्दामा अनुसन्धानको लागि पक्राउ गरिएको जनाइएको छ ।
यसअघि उनी कैयौँ पटक पक्राउ परिसकेका छन् । उनलाई केही महिना अगाडी धनुषा प्रहरीले समेत अभद्रता प्रदर्शन गरेको भन्दै पक्राउ गरेको थियो ।
यसबारे विस्तृत आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…