न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा कमला नगरपालिकाका नगर प्रमुख विशेश्वर यादवमाथि चप्पल प्रहार गरेको आरोप लागेकी उपमेयर शिलादेवी मण्डल फरार भएकी छन् ।
गत बैशाख २४ गते कार्यपालिकाको बैठक क्रममा उपमेयर शिला देवी मण्डलले मेयर विशेश्वर प्रसाद यादवलाई चप्पल प्रहार गरेको घटनामा मुद्दा दर्ता भएपछि उनी फरार भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषामा गत बैशाख २५ गते नगर प्रमुख यादवले अभद्र व्यवहारको मुद्दा दर्ता गराएपछि उनी फरार भएकी हुन् । अभद्र व्यवहार मुद्दा दर्ता भएपछि उनी पहिलो पटक एक भिडियोमा आफूमाथि मेयरले कुटपिट गरेको आरोप लगाउँदै सम्पर्कविहिन भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता गणेश बहादुर बमले उनीमाथि अभद्र व्यवहारको मुद्दा दर्ता भई पक्राउ पूर्जी समेत जारी भएकोको पुष्टि गरे । उनले उपमेयर मण्डल बिहानैदेखि मोबाईल स्वीच अफ गरेर फरार रहेको बताए । उनले सम्पर्कविहिन भएपनि प्रहरीले खोजतलास तीव्र बनाएको बताए ।
उपमेयर मण्डलको अधिकारीक मोबाईल नम्बर ९८५४०२३१०२ मा सम्पर्क गर्दा समाचार तयार पारेसम्म उनको मोबाईल स्वीच अफ आयो ।
यता, प्रहरीले उनको खोजतलास विभिन्न तरिकाबाट जारी राखेको स्रोतले जनाएको छ ।
गत बैशाख २४ गते कमला नगरपालिकको कार्यपालिका बैठकमा उपमेयर मण्डलले मेयर यादवमाथि चप्पल प्रहार गरेको आरोप छ । यद्यपी उपमेयर मण्डलले हात उठाएको र चप्पल प्रहार नगरेको बताएकी थिइन् । उपस्थित कार्यपालिका सदस्यहरुले समेत उपमेयरले चप्पल प्रहार गरेको बताएका हुन् ।
पर्सी बुधबार मुख्यमन्त्री यादवले विश्वासको मत लिने, अर्थमन्त्री यादवलाई हटाएर सिँहलाई राख्ने तयारी
- २०८३ बैशाख २८ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश सरकारलाई दिएको समर्थन जनमत पार्टीले फिर्ता लिएपछि सरकारमा मन्त्री फेरबदलको सँकेत पक्का भएको देखिएको छ । मधेश सरकारलाई दिएको समर्थन जनमत पार्टीले फिर्ता लिएपछि संकटमा परेको
पूरा पढ्नुहोस्





