सँचारकर्मी सिँहको समर्थनमा स्थानीय प्रशासन विरुद्ध उत्रे युवाहरु
न्यूज ब्यूरो | जनकपुरधाम, १९ साउन । ज्यान मार्ने उद्योगको मुद्दा चलाई प्रहरी थुनुवामा राखिएको धनुषाका सँचारकर्मी राजकमल सिँहको समर्थन गर्दै स्थानीय प्रशासन विरुद्ध युवाहरुले नारावाजी गरेका छन् । शुक्रवार साँझ जनकपुरको भानुचोकमा सँचारकर्मी सिँहलाई रिहाईको माग गर्दै केही युवाहरुले स्थानीय प्रशासन विरु

२०७५ साउन १९ शनिबार, बिहान ९:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १९ साउन । ज्यान मार्ने उद्योगको मुद्दा चलाई प्रहरी थुनुवामा राखिएको धनुषाका सँचारकर्मी राजकमल सिँहको समर्थन गर्दै स्थानीय प्रशासन विरुद्ध युवाहरुले नारावाजी गरेका छन् ।
शुक्रवार साँझ जनकपुरको भानुचोकमा सँचारकर्मी सिँहलाई रिहाईको माग गर्दै केही युवाहरुले स्थानीय प्रशासन विरुद्ध चर्को नारावाजी गरेका छन् ।
सँचारकर्मी सिँहलाई धनुषा प्रहरीले झुठो मुद्दा लगाई निराधार पक्राउ गरी हिरासतमा राखिएको भन्दै तत्कालै रिहा गर्नुपर्ने माग उनीहरुले गरेका छन् ।
समृद्ध नेपालबाट आदित्य नेपाल, राजपाबाट किसन साह र नेपाली जनता दलबाट मुन्जय राउत सहितका दर्जनबढी युवाहरुले स्थानीय प्रशासन विरुद्ध सडक तताएका थिए ।
न्यूज २४ का धनुषा सँवाददाता समेत रहेका सँचारकर्मी सिँहलाई राजनीतिक दबाब र प्रभावमा परी जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई पक्राउ गरी थुनुवा राख्दै ज्यान मार्ने उद्योगको झूठो मुद्दा चलाएको ठहर उनीहरुले गरेका छन् ।
यसका साथै, थुनुवामा रहेको सँचारकर्मी सिँहलाई तत्कालै रिहाई नगरे जनकपुरमा आगो बाल्ने चेतावनी युवाहरुले दिएका छन् ।
सँचारकर्मी सिँहलाई गत १६ गते साउनको जनकपुरको मुरलीचोकबाट पक्राउ गरी जिल्ला प्रहरीक कार्यालय धनुषा मार्फत ज्यान मार्ने उद्योगको मुद्दा दायर गर्दै धनुषा जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको होे ।
जुन मुद्दामा सिँहलाई हिरासत गरिएको छ उक्त मुद्दामा अनुसन्धानकै क्रममा ९ महिना अघि नै सिँह सफाई पाईसकेको बताइन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…