धनुषाःओभरटेक गर्ने क्रममा यात्रुबाहक बस दुर्घटना, कैयौँ घाईते !

२०८३ बैशाख २७ आइतबार
बिहान ११:०२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा एक यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। पूर्व–पश्चिम सडक खण्ड अन्तर्गत मिथिला नगरपालिका–०९, फुटबल ग्राउण्ड नजिकै उक्त दुर्घटना भएको हो।

काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अर्को बसलाई उछिन्ने (ओभरटेक गर्ने) क्रममा अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ।

बसमा कुल ३३ जना यात्रु सवार थिए। दुर्घटनामा परी चालकसहित १७ जना घाइते भएका छन्। घाइतेहरूको अहिले धनुषाकै लालगढस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ।

  • 0%
  • 0%
  • 25%
  • 50%
  • 0%
  • 0%

मधेशका डिआईजी चुतुर्वेदी र एसपी सिलवालबीच हिसाब नमिल्दा विवाद, तल्ला दर्जाका प्रहरी मारमा

  • २०८३ बैशाख २७ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश प्रहरीभित्र आन्तरिक कलह चर्किएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमाप्रसाद चतुर्वेदी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी

पूरा पढ्नुहोस्

Bureau Menus