कमला नगरपालिकाका मेयर यादव र उपमेयर मण्डलबीच कुटाकुट

२०८३ बैशाख २४ बिहीबार
रति १०:४९ बजे
न्यूज ब्यूरो, डेस्क
Photo: AI Generated | only for representative

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाका मेयर र उपमेयरबीच कुटाकुट भएको घटना बाहिरिएको छ । 

विहिबार कमला  नगरपालिकाको कार्यालयमा बसेको कार्यपालिकाको बैठकको क्रममा मेयर विशेश्वर प्रसाद यादव र उपमेयर शिला देवी मण्डलबीच कुटाकुट भएको बताईएको छ । 

गत चैत्त ३० गते नगरसभा सम्पन्न भई कार्य संचालनको लागि बसेको बैठकको क्रममा उपमेयर मण्डलले आफ्नो अधिकार हनन गर्न खोजेको भन्दै कुटाकुट भएको बताएकी छन् । उनले मेयर यादवले आफूमाथि अपशब्द प्रयोग गरेपछि हात हालाहाल भएको बताईन् । उनले आफ्नो अधिकारको बजेट सँचालनको लागि आग्रह गर्दा मेयर यादवले कुनै बजेट सँचालन नहुने भनेपछि आफू आक्रोसित भएर हात हालेको बताइन् । 

नगर सभा र बजेट सँचालन सम्बन्धी मिति नलेखिएको कागजातमा हस्ताक्षर गराउन खोजेको भन्दै विवाद भएको थियो । सोही क्रममा उपमेयर मण्डलले कागजात च्यातेपछि झगडा भएको बताईएको छ । 

सोही कार्यपालिका बैठकमा सहभागी वडा नं. १ वडाध्यक्ष शरददेव यादवले उपमेयर मण्डलमाथि चप्पल लिएर मेयरलाई हानेको बताए । उनले भरि सभामा चप्पल लिएर हिर्काएको बताए । 

वडा नं. ५ का वडाध्यक्ष शिवा पासवानले समेत मेयर यादवमाथि उपमेयर मण्डलले चप्पल प्रहार गरेको बताए । वडा नं. ७ का वडाध्यक्ष छठु मण्डलले सोही कुरा दोहरयाए । 

यता, उपमेयर मण्डलले चप्पल प्रहार भएको कुरा मिथ्या र कपोकल्पित भएको बताईन् । न्यूज ब्यूरोसँगको कुराकानीमा उपमेयर मण्डलले मेयरमाथि हात हालाहाल मात्रै भएको र चप्पल प्रहारको कुनै घटना नभएको बताईन् । उनले सो कुराको खण्डन गरिन् । 

यस सन्दर्भमा मेयर यादवले समेत हात हालाहाल भएको बताए । उनले आफूलाई कार्यपालिका बैठकमै मानमर्दन गरेको भन्दै कानुनी प्रक्रियामा जाने बताए । 

  • 0%
  • 63%
  • 0%
  • 13%
  • 0%
  • 25%

अब भोजपुरी गीत बजाउन प्रतिबन्ध, अटेरी गरे नगर जरिवानासहित कारवाही हुने

  • २०८३ बैशाख २४ बिहीबार

न्यूज ब्यूरो, वीरगँज ।  वीरगन्ज महानगरपालिका–३० मा भोजपुरी गीत बजाउन प्रतिबन्ध लगाइएको छ। बुधबार वडाध्यक्ष मनोजकुमार यादवको अध्यक्षतामा बसेको गाउँ भेलाले विवाह, भोज तथा अन्य सामाजिक एवं निजी कार्यक्रममा भोजपुरी गीत

पूरा पढ्नुहोस्

Bureau Menus