न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामका युवा साइबर सुरक्षा अनुसन्धानकर्ता वीरेन्द्र साह अन्तर्राष्ट्रिय प्लेटफर्म ‘बगक्राउड’को मासिक ह्याकर सूचीमा पहिलो स्थानमा उक्लिएका छन्। अप्रिल महिनाको सार्वजनिक तथ्याङ्क अनुसार उनले ८८ वटा भ्यालिड सब्मिसनमार्फत ८५५ पोइन्ट हासिल गर्दै विश्वकै शीर्ष स्थान ओगट्न सफल भएका हुन्।
इथिकल ह्याकिङ क्षेत्रमा सक्रिय साहले छोटो समयमै उल्लेखनीय उपलब्धि हासिल गरेका छन्। सन् २०२१ देखि बगक्राउडसँग आबद्ध उनी हालसम्म १७३१ भन्दा बढी कमजोरी (vulnerabilities) पत्ता लगाएर रिपोर्ट गरिसकेका छन्। यसबापत उनले १० हजार १९० पोइन्ट संकलन गरेका छन् भने उनको रिपोर्टिङ शुद्धता ९९.२५ प्रतिशत रहेको उल्लेख गरिएको छ।
अप्रिल महिनाको सूचीमा इजिप्टका मस्तफा मोम्दह ८४५ पोइन्टसहित दोस्रो र भारतका कन्हैया शर्मा ८१५ पोइन्टसहित तेस्रो स्थानमा रहेका छन्। तर जनकपुरबाट अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्दै साहले शीर्ष स्थान हासिल गर्नु नेपाली प्रविधि क्षेत्रमा ठूलो उपलब्धिका रूपमा हेरिएको छ।
साहको निरन्तर सक्रियता पनि उल्लेखनीय छ। सन् २०२५ मा उनले २३८ वटा तथा सन् २०२६ को हालसम्म २३२ वटा भ्यालिड सब्मिसन पठाइसकेका छन्। यसले उनको निरन्तरता र दक्षता दुवैलाई प्रमाणित गर्छ।
विश्वभरका हजारौं साइबर सुरक्षा अनुसन्धानकर्ता सहभागी हुने यस प्रतिस्पर्धात्मक क्षेत्रमा जनकपुरका एक युवाले शीर्ष स्थान हासिल गर्नुले स्थानीय स्तरमै पनि विश्वस्तरीय क्षमता विकास भइरहेको संकेत गर्छ।
बीरेन्द्र साह जनकपुरको चर्चित मोनाष्टिक स्कूलकका २०७१ का ब्याचको विद्यार्थी हुन् ।
सिरहामा पुलिसको असईमा नाम निकालिदिन्छु भनी 'नक्कली डिआईजी' बनेर ठगी गर्ने पक्राउ
- २०८३ बैशाख १९ शनिबार
न्यूज ब्यूरो, सिरहा । नक्कली डिआईजी बनेर रकम ठगी गर्ने एक व्यक्ति सिरहाबाट पक्राउ परेका छन् । उनलाई एक व्यक्तिलाई प्रहरीको असईमा नाम निकालिदिने भनेर रकम ठगी गरेको आरोपमा पक्राउ
पूरा पढ्नुहोस्





.png)