कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १३३ रनको लक्ष्य, १४ रनमै जनकपुरको पहिलो विकेट झर्यो
बलिङतर्फ जनकपुरका कप्तान हर्मीत सिंहले सर्वाधिक तीन विकेट लिए । मोइन अली र राहुल यादवले दुई(दुई विकेट लिँदा ललित राजवंशीले एक विकेट हात पारे ।

२०८३ कार्तिक १० मंगलबार, बेलुकी ७:१८ बजे१ मिनेट पढाइ
न्यूज ब्युरो, जनकपुरधाम । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनाएको हो ।
कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए । उनले २९ बलमा ४ चौका प्रहार गरे । यस्तै, पवन सर्राफले ३७ बलमा ३७ रनको योगदान दिए । यी दुईले चौथो विकेटका लागि ४२ रनको साझेदारी गर्दै कर्णालीको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए ।
तर, कर्णालीले सुरुवातदेखि नै लगातार विकेट गुमायो । पहिलो ओभरको अन्तिम बलमा मार्क वाट एक रन बनाएर आउट भए । टोलीको स्कोर १८ रन पुग्दा दोस्रो विकेट गुमाएको कर्णालीले ३७ रनमा तेस्रो विकेट गुमायो ।
जनकपुरका लागि पहिलो खेल खेलेका आइकोनिक खेलाडी राहुल यादवले पहिलो बलमै विकेट लिँदै दीपक डुम्रेलाई १३ रनमा पभेलियन फर्काए । हुसेन तलत भने तीन रनमा आउट भए ।
अरिफुल र पवन आउट भएपछि कर्णालीको ब्याटिङ थप दबाबमा परेको थियो । अक्बर अली एक, कप्तान सोमपाल कामी एक र गुल्सन झा १२ रन बनाएर आउट भए । नन्दन यादवले नौ रन बनाए । युवराज खत्री र युनिश ठकुरी अविजित रहे ।
बलिङतर्फ जनकपुरका कप्तान हर्मीत सिंहले सर्वाधिक तीन विकेट लिए । मोइन अली र राहुल यादवले दुई(दुई विकेट लिँदा ललित राजवंशीले एक विकेट हात पारे ।
अब जनकपुर बोल्ट्सले जितका लागि १३३ रन बनाउनुपर्नेछ । ब्याटिँगमा उत्रेका जनकपुर बोल्टसले ४ रनमा पहिलो विकेट गुमाएको हो । याक्सका पवन सर्राफले मयन यादवलाई रन आउट गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…