न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिका वडा नं. २ स्थित छोरा पक्राउ परेको शोकमा आमाले प्राण त्यागेको घटना बाहिरिएको छ ।
धनुषा निर्वाचन क्षेत्र नं. २, कमला नगरपालिका वडा नं. २ तेलियाहा टोल बस्ने स्थानीय रामकिशुन दासकी ५५ बर्षिय श्रीमति बिना देवी दासले छोरा पक्राउ परेको शोकमा प्राण त्यागेकी हुन् । शुक्रबार दिउँसो बिनाले प्राण त्यागेको स्थानीयहले बताएका छन् ।
गत फागुन ६ गते बिहेको मटकोरमा भएको समान्य कुटपिट झगडापछि प्रहरीले रामकिशु दासका अन्दाजी बर्ष ३२ का छोरा चन्दन दासमाथि ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरी पक्राउ गर्दा बिनाले शोकमा प्राण त्यागेकी परिवारजनले जनाएको छ । फागुन ६ गते राती करिब ९ बजेको समयमा स्थानीय एक छोरीको बिहेको मटकोर कार्यक्रममा डिजेमा नाच्ने बिषयलाई लिएर दुई पक्षबीच झगडा भएको बताईएको छ ।
मटकोर गर्न डिजे लिएर गईरहेको बेला स्थानीय दिपेश पूर्वेले नशालु पदार्थ खाएर गैर समाजिक गतिविधि गरेपछि झगडा भएको दाबी चन्दन दास पक्षको छ । दिपेश पूर्वेले बीयरको बोतल फोडेर एक युवतिलाई बनाएपछि विवाद उग्र भएको बताईन्छ । सो घटनामा युवतिकी आमा समेत बीयरको बोतलले घाईते भएको दाबी चन्दन दास पक्षको छ । सोही सन्दर्भमा विवाद उग्र भएपछि झगडामा परिणत भएको थियो । दुवै पक्षबाट घाईते भए । सो क्रममा दिपेश पूर्वेलाई गम्भिर चोट लागेको थियो ।
दिपेशले नशालु पदार्थ खाएर गैर समाजिक हर्कत गरेपछि चन्दन दास पक्षले कुटेको बताईएको छ । चन्दन दासको घरमा आक्रमण गर्न खोज्दा थप झगडा भएपछि घटना भएको थियो । त्यसपछि गाउँमै झगडा मिलाउने प्रयास भएको थियो ।
फागुन २१ गते चुनावको मिति रहेकोमा सो समयमा प्रतिनीधिसभा सदस्यका उम्मेदवार रामचन्द्र झा र हाल निर्वाचित राम विनोद यादव पक्ष जोडिएको थियो । चन्दनले रामचन्द्र झालाई भोँट दिन जबरदस्ती गरेको आरोपमा झगडा भएको बताईएको छ भने दिपेश पक्षले आफू घण्टीलाई भोँट दिने भनेपछि झगडा भएको बताएको छ । यद्यपी, अहिले दिपेश भारत गएको बताईएको छ ।
गत बैशाख १० गते चन्दन दासलाई लगमा बजारबाट पक्राउ गरेपछि उनलाई छुटाउने प्रयास जनप्रतनीधिहरुले गरेका थिए । मुद्दा दर्ता भएपछि प्रहरीको अनुसन्धानकै क्रममा रहेका चन्दन दासको शोकमा उनको आमा बिना देवी दासले प्राण त्यागेको उनका आफन्तजन बताएका छन् ।
उनको आजै मृत्यू भएको हो । चन्दनका भाई पर्ने राजेश दासका अनुसार, चन्दनको शोकमा विगत ९ दिनदेखि खाना त्यागेकी थिइन, थोरै खाएपनि सधैँ रोईराख्दा उनको शुक्रबार हर्ट अटैक भएर मृत्यू भएको दाबी गरिएको छ ।
ईलाका प्रहरी कार्यालय खजुरीको हिरासतमा रहेका चन्दन दासको २ छोरी र १ छोरा रहेका छन् । दलित परिवारबाट रहेका चन्दनका बुवा अरुको खेतमा काम गरेर खान्छन् भने चन्दन बचतकर्ताको रुपमा काम गर्दै आएका थिए । उनी लगमा बजारमा व्यापारीहरुको रकम जम्मा गर्ने प्रतिनीधिका रुपमा काम गर्दै आएका थिए ।
चन्दनको लागि पहल गरिदिन विभिन्न नेताहरुलाई गुहार गरेपनि कसैले नसुनिदिएको बताईएको छ । दिपेश पूर्वे रास्वपाका समर्थक रहेकोले रास्वपाकै नेताको दबाबमा मुद्दा दर्ता भएको आरोप छ ।
जाहेरीमा थप ७ जनालाई प्रतिवादी बनाइएको छ । प्रहरीका अनुसार, बाँकीका ७ जना भने घटना भएदेखि नै फरार रहेका छन् ।
गोलबजार मेयर गोल्डकपः सलहेश युवा क्लब र ब्रदर्श हुड उदयपुर फाइनलमा भिड्ने
- २०८३ बैशाख १८ शुक्रबार
न्यूज ब्यूरो, सिरहा । गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा सलहेश युवा क्लब, सिरहा र ब्रदर्श हुड फुटबल क्लब, उदयपुरबीच प्रतिस्पर्धा हुने भएको छ। सेमिफाइनल अन्तर्गत ब्रदर्श
पूरा पढ्नुहोस्




