भारत । छिमेकी मुलुक भारत मध्यप्रदेशको छिन्दवाडा जिल्लामा विवाह समारोहकै क्रममा एक नाटकीय घटना सार्वजनिक भएको छ। वरमाला कार्यक्रम चलिरहेका बेला दुलहीले दुलाहालाई छोडेर आफ्नै प्रेमीको घाँटीमा माला लगाउँदै मञ्चबाटै भागेपछि समारोह स्थल तनावग्रस्त बनेको हो।
प्रत्यक्षदर्शीका अनुसार स्टेजमा दुलाहा–दुलहीबीच वरमाला साटासाट हुनै लाग्दा दुलही अचानक तल झरिन् र उपस्थित भीडबीच रहेका एक युवकतर्फ दौडिइन्। उनले सो युवकको घाँटीमा वरमाला लगाइन्, जसपछि समारोहमा सहभागीहरू अचम्ममा परेका थिए।
घटनापछि दुवै पक्षबीच भनाभन र हंगामा भएको थियो। स्थानीयले ती युवकलाई कुटपिट गरेकोसमेत बताइएको छ। घटनापछि दुलाहा पक्षले विवाह अस्वीकार गर्दै जन्ती फर्काएको जनाइएको छ।
प्रारम्भिक विवरणअनुसार दुलही र ती युवकबीच पहिलेदेखि नै प्रेम सम्बन्ध रहेको र परिवारको दबाबमा विवाह तय गरिएको बताइएको छ।
घटनाबारे दुलाहा पक्षले प्रहरीमा जानकारी गराएको र विषयमा थप अनुसन्धान भइरहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।
मदरसाको गतिविधिमा निगरानी राखेर नेपालको हिन्दु–मुस्लिम विवाद समाधान गर्न सकिन्छ
- २०८३ बैशाख १८ शुक्रबार
हालै मधेश प्रदेशका धनुषा र आसपासका क्षेत्रमा हिन्दु–मुस्लिम समुदायबीच सामाजिक तनाव बढेको समाचारले समग्र नेपाली समाजका लागि चिन्ताको विषय प्रस्तुत गरेको छ। टिकटकजस्ता सामाजिक सञ्जाल प्लेटफर्ममा धार्मिक संवेदनशील विषयलाई लिएर
पूरा पढ्नुहोस्






