बिदेश पठाईदिन्छु भनेर गरिब दुखियासँग करोडौँ रुपैयाँ ठगी गर्ने ७ एजेन्ट पक्राउ
पक्राउ परेकामध्ये सुरज र कमल बहादुरले जापान पठाउने बहानामा ११ जनाबाट १ करोड २ लाख रुपैयाँ ठगी गरेको पाइएको छ। त्यसैगरी, बिनोद थापाले कोरिया पठाइदिने भन्दै २६ जनाबाट १ करोड ५० लाख, सागर शेर्पाले फ्रान्सका लागि ५ जनाबाट २८ लाख, र सूर्य प्रसादले अमेरिका पठाउने भन्दै १ जनाबाट २ लाख रुपैयाँ असुल गरेको प्रहरीले जनाएको छ। त्यस्तै, प्रल्हाद खत्री र सरोज गौतमले ग्रीस पठाइदिने प्रलोभनमा पारी प्रतिव्यक्ति १७ लाख रुपैयाँका दरले रकम ठगी गरी सम्पर्कविहीन भएका थिए।

२०८३ बैशाख १८ शुक्रबार, बिहान १०:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै करोडौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले काठमाडौँका विभिन्न स्थानबाट उनीहरूलाई बुधबार र बिहीबार नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा तेह्रथुमका सुरज पंधाक लिम्बु, सोलुखुम्बुका कमल बहादुर पुलामी मगर र सागर शेर्पा, काभ्रेका बिनोद थापा, प्रल्हाद खत्री र सरोज गौतम, तथा सिन्धुपाल्चोकका सूर्य प्रसाद कोइराला रहेका छन्।
पक्राउ परेकामध्ये सुरज र कमल बहादुरले जापान पठाउने बहानामा ११ जनाबाट १ करोड २ लाख रुपैयाँ ठगी गरेको पाइएको छ। त्यसैगरी, बिनोद थापाले कोरिया पठाइदिने भन्दै २६ जनाबाट १ करोड ५० लाख, सागर शेर्पाले फ्रान्सका लागि ५ जनाबाट २८ लाख, र सूर्य प्रसादले अमेरिका पठाउने भन्दै १ जनाबाट २ लाख रुपैयाँ असुल गरेको प्रहरीले जनाएको छ। त्यस्तै, प्रल्हाद खत्री र सरोज गौतमले ग्रीस पठाइदिने प्रलोभनमा पारी प्रतिव्यक्ति १७ लाख रुपैयाँका दरले रकम ठगी गरी सम्पर्कविहीन भएका थिए।
पीडितहरूको उजुरीका आधारमा पक्राउ परेका अभियुक्तहरूमध्ये सुरज र कमल बहादुरलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ। अन्य पाँच जना बिनोद, सागर, सूर्य प्रसाद, प्रल्हाद र सरोजलाई भने आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जानकारी दिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…