धनुषामा गोली हानी एक युवकको हत्या !
न्यूज ब्यूरो | जनकपुरधाम, १८ साउन । पूर्वी धनुषामा गोली हानी एक युवकको हत्या गरिएको छ । धनुषाको जनकनन्दनी गाउँपालिका वडा नं. १ ईनरुवा टोल रेल्वे स्टेशन हल्ट नजिकै आज विहान करिब १ बजेको समयमा एक युवकलाई गोली हानी हत्या गरिएको हो । हत्या हुनेमा कमला नगरपालिका वडा नं. ८ सोनापारा बस्ने बर्ष २५ का राजेश

२०७५ साउन १८ शुक्रबार, बेलुकी ६:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १८ साउन । पूर्वी धनुषामा गोली हानी एक युवकको हत्या गरिएको छ ।
धनुषाको जनकनन्दनी गाउँपालिका वडा नं. १ ईनरुवा टोल रेल्वे स्टेशन हल्ट नजिकै आज विहान करिब १ बजेको समयमा एक युवकलाई गोली हानी हत्या गरिएको हो ।
हत्या हुनेमा कमला नगरपालिका वडा नं. ८ सोनापारा बस्ने बर्ष २५ का राजेश यादव रहेको ईलाका प्रहरी कार्यालय खजुरीका ईन्चार्ज एवम् प्रहरी नीरिक्षक शेशराज थन्दारले न्यूज ब्यूरोलाई जानकारी दिए ।
यादवलाई अज्ञात समूहले राती नै गोली हानी हत्या गरेको जनाइएको छ । घटनास्थलबाट ज ५ प ६३२१ नम्बरको मोटरसाईकल बरामद भएको छ भने एक पेस्तोल सहित ३ राउण्ड गोलीको खोका समेत बरामद गरेको हो ।
घटना राती नै भएपनि स्थानीयहरुले पौने ७ बजे विहान मात्र जानकारी गराएपछि प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको बताइएको छ । घटनास्थल खजुरी ईलाका प्रहरी चौकी देखि केही किलोमिटरको दुरीमा मात्र रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…