जनकपुरः मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यू, ८ महिने शिशुसहित तीन घाईते !
ठक्करबाट मृतक महिलाको आठ महिनाको काँखे बालिका र १६ वर्षीया अनुष्काकुमारी महतोसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता गणेशबहादुर बलमे जानकारी दिए । उनले मोटरसाइकल चालक मिथिला नगरपालिका–८, जमुनिवासका ३२ वर्षीय प्रकाश थिङ पनि घाइते भएको बताए ।

२०८३ बैशाख ९ बुधबार, बिहान ९:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने आठ महिनाको शिशुसहित तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पूर्वतर्फ जाँदै गरेको अनटेस्ट मोटरसाइकलले मङ्गलबार राति करिब ८ बजे पैदल हिँडिरहेकी मथिला नगरपालिका–६, ढल्केबरकी ३१ वर्षीया बिनिताकुमारी महतोको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको उनले बताए ।
ठक्करबाट मृतक महिलाको आठ महिनाको काँखे बालिका र १६ वर्षीया अनुष्काकुमारी महतोसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता गणेशबहादुर बलमे जानकारी दिए । उनले मोटरसाइकल चालक मिथिला नगरपालिका–८, जमुनिवासका ३२ वर्षीय प्रकाश थिङ पनि घाइते भएको बताए ।
घाइते तीनै जनाको ढल्केबरस्थित निजी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…