जलेश्वर नगरपालिका विकासका लागि स्थानियहरुले सिधै प्रधानमन्त्रीलाई गरे गुहार
बाबु प्रेम यदुवन्शी | महोत्तरी, १८ साउन । महोत्तरीमा नगर अस्तव्यस्त भएको र विकास रोकिएको भन्दै स्थानियहरुले सिधै प्रधानमन्त्री गुहारेका छन् । जिल्लाकै सदरमुकाम समेत रहेको जलेश्वर नगरपालिका स्थित सडकहरुमा खाल्डो तथा पानी परेर दैनिक आवत जावत देखि अन्य विभिन्न समस्याहरु आईहरेको र वर्तमानमा विकासको नामम

२०७५ साउन १८ शुक्रबार, दिउँसो १२:४० बजे२ मिनेट पढाइ

बाबु प्रेम यदुवन्शी |
महोत्तरी, १८ साउन । महोत्तरीमा नगर अस्तव्यस्त भएको र विकास रोकिएको भन्दै स्थानियहरुले सिधै प्रधानमन्त्री गुहारेका छन् । जिल्लाकै सदरमुकाम समेत रहेको जलेश्वर नगरपालिका स्थित सडकहरुमा खाल्डो तथा पानी परेर दैनिक आवत जावत देखि अन्य विभिन्न समस्याहरु आईहरेको र वर्तमानमा विकासको नाममा कुनै पनि कार्य नगरवासीले महसुस गर्न नसकेको भन्दै स्थानियहरुले देशको प्रधानमन्त्रीलाई नै गुहार्न वाध्य भएका हुन् ।
विहिवार नगरवासी जिल्ला प्रसासन कार्यालय महोत्तरी र जलेश्वर नगरपालिका कार्यालय जलेश्वरलाई वोधार्थ गर्दै प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएका हुन । ज्ञापनपत्रमा नेपाल सरकारबाट सहिद घोषणा गरिएका सहिदहरुको नाम भजाउदै र मधेश मधेशीको नारा लगाउदै निर्वाचित भएका जनप्रतिनिधीहरुले अझै कुनै विकास नगरि सर्वसाधारणको भावना र मर्मसंग खेलवाड गरेर सदरमुकामलाई राहत पुग्ने गरि कुनै पनि विकास नगरेको आरोप लगाए ।
जनप्रतिनिधी आएपछि सरसफाई,सडक व्यवस्थापन, विजुली वत्ती, खानेपानी, स्वास्थ्य,शिक्षा, कृषी लगायतका आधारभुत आवश्यक्ताहरु सहजै जनता समक्ष पुग्ने विश्वास आफुहरुको रहेपनि सो नभएको ज्ञापनपत्रमा उल्लेख छ । यता दैनिक गुजारा चलाउन बजारमा खाद्यान्न र तरकारी खरिद गर्न आउने आम उपभोक्ताहरु बाटोघाटोको दुरावस्थाका कारण सहजै नगरभित्र हिडडुल गर्न सक्ने स्थिति नरहेको र यसले सवैभन्दा वढी वालवालिका र वृद्ध प्रभावित भएको ज्ञापनपत्रमा उल्लेख छ ।
वालवालिकाहरु विद्यालय जाने क्रममा नगर क्षेत्र भित्र खाल्डै खाल्डाले भरिएको सडकमा चिप्लीएर जुन सुकै वेला दुर्घटनामा पर्न सक्ने र चोटपटक लाग्न सक्ने तथा सदरमुकाम मै रहेको जिल्ला अस्पतालसम्मै पुग्ने मुख्य तथा सहायक सडकहरु समेत पैदल हिडने अवस्था समेत नभएकोले तत्काल नगरको विकासको लागि केन्द्रवाटै पहल गर्न आग्रह गरिएको छ ।
“हामीले नगरप्रमुखलाई भेरेरै र विभिन्न समय समेत नगरको विकासको लागि आग्रह गर्यौ तर उनी विकास भन्दा पनि पार्टी मोहमै लिप्त भए र नगरको विकास लथालिंग भएर नै प्रधानमन्त्रीलाई गुहार्न वाध्य भयौ ।” स्थानिय शिवचन्द्र चौधरीले बताए । नगरभित्रकै सडकहरुमा जथाभावी फोहोर फालिएको छाडा चौपायाहरु निर्वाध रुपमा सडक जामै हुने गरि वस्ने गरेको लगायतका विभिन्न समस्याहरु भएपनि जनप्रतिनिधीले त्यसता समस्याको समाधानको लागि कुनै पहल नगरेको उनले आरोप लगाए ।
सडकमै रहेको चौपायाहरुले समेत समय समयमा स्थानियहरुलाई घाईते बनाउने गरेकोले तत्काल त्यसता समस्या समाधान आवश्यक रहेको उनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…