बालेनको क्याबिनेटमा विभेदको गन्धः साहलाई तत्काल बर्खास्त, गुरुङलाई स्पष्टीकरण !

२०८३ बैशाख ७ सोमबार
बेलुकी ५:०५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । प्रधानमन्त्री बालेन शाह नेतृत्वको क्याबिनेटमा निर्णय प्रक्रियामाथि विभेदको आरोप उठ्न थालेको छ। एउटै प्रकृतिका आरोपमा फरक–फरक व्यवहार गरिएको भन्दै पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दिपक कुमार साह ले असन्तुष्टि जनाएका छन्।

साहमाथि यसअघि आफ्नी श्रीमतिलाई पैरवी (अनुचित सिफारिस) गरेको आरोप लागेपछि कुनै स्पष्टिकरणको अवसर नदिई सीधै मन्त्री पदबाट हटाइएको थियो। तर हाल गृहमन्त्री सुदन गुरुङ माथि आरोप लाग्दा भने उनलाई स्पष्टीकरण सोधिएको घटनाले क्याबिनेटको निर्णय शैलीमाथि प्रश्न उठेको छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै साहले “स्पष्टीकरण...” शीर्षकमा आफ्नो असन्तुष्टि सार्वजनिक गरेका छन्। उनले एउटै प्रकृतिका विषयमा फरक व्यवहार हुनु न्यायसंगत नभएको संकेत गरेका छन्। “मलाई कुनै अवसर नदिई हटाइयो, तर अर्कालाई स्पष्टीकरण सोधिन्छ,यो कस्तो मापदण्ड ?” भन्ने आशय उनको अभिव्यक्तिमा झल्किएको छ।

राजनीतिक वृत्तमा यो विषयले चर्चा पाएको छ। केहीले यसलाई निर्णय प्रक्रियामा पारदर्शिता र समानताको अभावका रूपमा व्याख्या गरेका छन् भने केहीले परिस्थितिअनुसार फरक निर्णय हुनसक्ने तर्क गरेका छन्।

तत्कालिन मन्त्री साहले फेसबुकमा राखेको स्टेटसमा समुदायिक हिसाबले व्यवहार भएको जस्ता टिप्पणी पनि गरिएको छ । मधेशी समुदायलाई उपेक्षा गरिएको भाव झल्किने गरी टिकाटिप्पणी गरिएको हो । 

यस घटनाले बालेन नेतृत्वको क्याबिनेटभित्र आन्तरिक समन्वय, पारदर्शिता तथा निर्णयको एकरूपतामाथि गम्भीर प्रश्न खडा गरेको छ। अब क्याबिनेटले यसबारे आधिकारिक धारणा सार्वजनिक गर्ने वा नगर्ने भन्ने विषयमा सबैको चासो केन्द्रित भएको छ।

ज्ञातव्य छ, गृहमन्त्री सुदन गुरुँगको नाम अहिले बिचौलिया (दलाल) भनिएका दिपक भट्टसँग जोडिएपछि समाजिक सँजाल तातिएको छ । सोही विषयमा गुरुँगले स्पष्टिकरण दिएपछि साहले असन्तुष्टि जनाउँदै आफूलाई पनि त्यो बेला स्पष्टिकरणको अवसर दिनुपर्ने धारणा प्रकट गरेका हुन् । 

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

गोलबजार मेयर गोल्डकपः सलहेश युवा क्लब र ब्रदर्श हुड उदयपुर फाइनलमा भिड्ने

  • २०८३ बैशाख ७ सोमबार

न्यूज ब्यूरो, सिरहा । गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा सलहेश युवा क्लब, सिरहा र ब्रदर्श हुड फुटबल क्लब, उदयपुरबीच प्रतिस्पर्धा हुने भएको छ। सेमिफाइनल अन्तर्गत ब्रदर्श

पूरा पढ्नुहोस्

Bureau Menus