पत्रकार सिँहको प्रकरणमा पत्रकार महासंघले खोले मुख
न्यूज ब्यूरो | जनकपुरधाम, १७ साउन । नेपाल पत्रकार महासंघ धनुषा शाखाका साधारण सदस्य एवम् काठमान्डौँ न्यूज २४ टेलिभिजनका धनुषा संवाददाता राजकमल सिँहको काण्डमा पत्रकार महासंघ धनुषाले ध्यानाकर्षण गरेको छ । साउन १६ गते बुधबार बिहान पत्रकार सिँहलाई जनकपुरको मुरलीचोकबाट प्रहरीले पक्राउ गरेको घटनाप्रति ध्या

२०७५ साउन १७ बिहीबार, बेलुकी ६:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १७ साउन । नेपाल पत्रकार महासंघ धनुषा शाखाका साधारण सदस्य एवम् काठमान्डौँ न्यूज २४ टेलिभिजनका धनुषा संवाददाता राजकमल सिँहको काण्डमा पत्रकार महासंघ धनुषाले ध्यानाकर्षण गरेको छ ।
साउन १६ गते बुधबार बिहान पत्रकार सिँहलाई जनकपुरको मुरलीचोकबाट प्रहरीले पक्राउ गरेको घटनाप्रति ध्यानाकर्षण गर्दै सत्यतथ्य रुपमा अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गरेको हो ।
महासंघ धनुषाले विहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै कुनै दबाब, प्रभाव वा अन्य कुनै पनि निहुँ र बाहानामा कुनै पनि निर्दोष व्यक्तिलाई फँसाउन नहुने तर्फ समेत ध्यानकर्षण गराएका हुन् ।
पत्रकार सिँहलाई जनकपुरको मुरली चोकमा केही युवाहरुको समूहले कुटपिट गर्दै बालिकासँग यौनशोषणको आरोप लगाइएको छ । यता, पत्रकार सिँह उपर लागेको यौनशोषणको आरोपलाई पन्छाउँदै जिल्ला प्रहरी कार्यालय धनुषाले गत मँसिरमा प्रतिनीधिसभा तथा प्रदेश सभाको चुनाव बेला भएको एक दुर्घटनासँग जोडेर थुनुवा पूर्जी जारी गरेका हुन् ।
समाजिक सञ्जालहरुमा पत्रकार सिँहबारे नाकारात्मक र साकारात्मक टिकाटिप्पणी समेत भईरहेको छ भने धेरैले यसलाई राजनीतिक दबाब भनेर टिप्पणी गर्न थालेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…