खाडी र मध्यपूर्वका थप यी ४ देशमा पुनः श्रम स्वीकृति खुला, इराकका लागि पनि नयाँ निर्णय
विभागका अनुसार खाडी तथा मध्यपूर्वमा देखिएको विषम परिस्थितिलाई ध्यानमा राख्दै विदेशमा कार्यरत नेपाली कामदारहरूको हित र सुरक्षालाई प्राथमिकतामा राखेर यो निर्णय गरिएको हो। सरकारले यस निर्णयसँगै सम्बन्धित निकाय तथा सरोकारवालाहरूलाई आवश्यक समन्वय र सहजीकरण गर्न निर्देशन दिएको जनाएको छ।

२०८३ बैशाख ३ बिहीबार, बिहान ९:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । सरकारले खाडी तथा मध्यपूर्वका थप चार देशमा पुनः श्रम स्वीकृति (Re-entry) खुला गर्ने निर्णय गरेको छ। वैदेशिक रोजगार विभाग द्वारा जारी सूचनाअनुसार हालको परिस्थितिलाई मध्यनजर गर्दै उक्त निर्णय कार्यान्वयनमा ल्याइएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय को निर्णयअनुसार यसअघि श्रम स्वीकृति स्थगन गरिएका मुलुकहरूमध्ये साउदी अरेबिया, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीमा श्रम स्वीकृति पुनः सुरु भइसकेको थियो। अब इजरायल, कुवेत, बहराइन र लेबनानका लागि पनि पुनः श्रम स्वीकृति खुला गरिएको विभागले जनाएको छ।
त्यस्तै, इराकका सन्दर्भमा भने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरी श्रम स्वीकृति प्रदान गरिने व्यवस्था गरिएको सूचनामा उल्लेख छ।

विभागका अनुसार खाडी तथा मध्यपूर्वमा देखिएको विषम परिस्थितिलाई ध्यानमा राख्दै विदेशमा कार्यरत नेपाली कामदारहरूको हित र सुरक्षालाई प्राथमिकतामा राखेर यो निर्णय गरिएको हो।
सरकारले यस निर्णयसँगै सम्बन्धित निकाय तथा सरोकारवालाहरूलाई आवश्यक समन्वय र सहजीकरण गर्न निर्देशन दिएको जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…