नीजि मिडियाहरुमा समाचार आएपछि श्रममन्त्री साहलाई १४ दिनमै हटाउने तयारी, के थियो विवाद ?
मन्त्री साहसम्बन्धी आलोचनात्मक सामग्री विभिन्न निजी मिडियामा प्रकाशित भएसँगै सत्ता नेतृत्व दबाबमा परेको र त्यसको प्रत्यक्ष असर मन्त्रिपरिषद् पुनर्गठनमा देखिएको विश्लेषण गरिएको छ।

२०८२ चैत २६ बिहीबार, दिउँसो ३:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दिपक कुमार साहलाई पदबाट हटाउने तयारी थालेपछि सरकारभित्र तरंग उत्पन्न भएको छ।
मन्त्री नियुक्त भएको दुई सातामै हटाउने तयारी हुनुमा पछिल्ला दिनमा निजी सञ्चारमाध्यममा प्रकाशित समाचारले निर्णायक भूमिका खेलेको बताइएको छ।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार मन्त्री साहको कार्यशैलीप्रति प्रधानमन्त्री असन्तुष्ट छन्। “श्रम मन्त्रीजीलाई हटाएर नयाँ मन्त्री ल्याउने तयारी भइरहेको छ,” स्रोतले जनाएको छ। फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनमार्फत महोत्तरी–२ बाट निर्वाचित साहले मन्त्री बनेको आज १४ दिन मात्र पुगेको छ।
राष्ट्रिय बीमा बोर्डमा मन्त्री साहकी श्रीमति जुनु श्रेष्ठलाई पुनः नियुक्तिको बिषयमा सँचारमाध्यमहरुमा समाचार प्रकाशित भएपछि स्वार्थ बाझेको भन्दै उनलाई हटाउन लागिएको बताईएको छ ।
सरकारको आन्तरिक निर्णय प्रक्रियामाथि सार्वजनिक निगरानी कायम राख्ने माध्यमका रूपमा सञ्चारमाध्यम फेरि एकपटक प्रभावशाली देखिएका छन्।
मन्त्री साहसम्बन्धी आलोचनात्मक सामग्री विभिन्न निजी मिडियामा प्रकाशित भएसँगै सत्ता नेतृत्व दबाबमा परेको र त्यसको प्रत्यक्ष असर मन्त्रिपरिषद् पुनर्गठनमा देखिएको विश्लेषण गरिएको छ।
लण्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनमा पिएचडी स्कलर रहेका साहले London School of Economics and Political Science बाट स्नातकोत्तर गरेका छन्। उनी स्वास्थ्य र सार्वजनिक नीतिका क्षेत्रमा शैक्षिक पृष्ठभूमि भएका मन्त्री मानिन्छन्। तर, राजनीतिक नियुक्तिमा सार्वजनिक धारणा र मिडिया निगरानीको प्रभाव कति बलियो हुन्छ भन्ने उदाहरणका रूपमा यो घटनालाई हेरिएको छ।
यद्यपी, मन्त्री साहले यस १४ दिनकै अन्तरालमा वैदेशिक रोजगारी तर्फ सुधारजन्य कार्यहरु गरी जनताको मन जित्ने कामहरु गरेर वाहवाही कमाएकै हुन् ।
सरकार स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयले आजै नयाँ श्रम मन्त्रीको नाम टुंग्याउने सम्भावना छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…