न्यूज ब्यूरो, जलेश्वर । जलेश्वरस्थित प्रादेशिक अस्पताल जलेश्वर मा बुधबारदेखि डायलासिस सेवा सुरु भएसँगै यस क्षेत्रका मिर्गौला रोगीलाई ठूलो राहत पुगेको छ।
अस्पतालले छ वटा डायलासिस मेसिन जडान गरेकामा पाँच वटा नियमित सञ्चालनमा ल्याइएको छ भने एक मेसिन आकस्मिक अवस्थाका लागि छुट्याइएको छ। मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गीलाल राय लगायतका पदाधिकारीले सेवाको उद्घाटन गरेका हुन्।
जनशक्ति अभावका कारण तीन वर्षदेखि थन्किएको डायलासिस सेवा आवश्यक व्यवस्थापनपछि सञ्चालनमा आएको अस्पतालले जनाएको छ। यसअघि यहाँका बिरामीलाई डायलासिसका लागि जनकपुर वा अन्य सहर धाउनुपर्ने बाध्यता थियो।
स्थानीयले सेवा सुरु भएसँगै समय र यातायात खर्चमा कमी आएको बताएका छन्। सरकारले डायलासिस सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ।
जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनारले जलेश्वरका बासिन्दालाई जनकपुरदेखि काठमाडौँसम्म डायलासिसका लागि सिफारिसका साथै आफ्नै गाडीबाट लग्ने गरेको बताउँदै यहाँ सुरुवातसँगै जलेश्वरसहित यस क्षेत्रका बासिन्दालाई राहत पुगेको बताए ।
अस्पतालमा डायलासिस सुरु भएसँगै यसक्षेत्रका बासिन्दालाई आर्थिक राहतसँगै समयको समेत बचत हुने देखिएको छ । जिल्लामा एउटा पनि डायलासिस मेसिन नहुदाँ मृगौला बिरामीलाई आर्थिक बोझका साथसाथै हैरानी समेत खेप्नु परिरहेको थियो।
महोत्तरीका मिर्गौला रोगीलाई डाइलासिसका लागि जनकपुरसहित बाहिर जानुपर्ने वाध्यता रहेको थियो । जसले समयको बर्वादी तथा रकमको खर्च गरी दोहोरो मर्का हुने गरेको जलेश्वर नगरपालिका वडा नं. २ का विष्णु चौधरीले बताए ।
अस्पतालले आगामी दिनमा आइसियु, एनआइसियु तथा डिजिटल सेवा विस्तार गर्ने तयारीसमेत गरेको जनाएको छ।
जसपाका जिल्ला अध्यक्ष अहिले बच्चा छ, बलियो र कमजोर आउने समयले तय गर्नेछः नेता झा
- २०८२ चैत १८ बुधबार
न्यूज ब्यूरो्, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी (नेकपा एस) का नेता रामचन्द्र झाले जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पशुपति यादवलाई राजनीतिमा बच्चाको सँज्ञा दिएका छन् । आईतबार जसपा
पूरा पढ्नुहोस्







